news and more entertainment

गरिमा सार्ककै उत्कृष्ट नायिका, ‘साँघुरो’ले पनि जित्यो अवार्ड

 
jhola-4
नेपाली दर्शकको मन जितेको चलचित्र ‘झोला’ले ‘सार्क फिल्म फेस्टिबल २०१४’ मा पनि आफ्नो दरिलो उपस्थिती जनाएको छ । यो चलचित्रबाट गरिमा पन्तले उत्कृष्ट नायिकाको अवार्ड जितेकी छिन् । मे २० देखि २५ सम्म श्रीलंकको राजधानी कोलम्बोमा चलेको फिल्म फेस्टिबलमा नायिका गरिमा पन्त ‘झोला’ मार्फत उत्कृष्ट ठहरिएकी हुन् । सार्क राष्ट्रका थुप्रै सिनेमाले यो फेस्टिबलमा सहभागी जनाएका थिए ।
यस्तै चलचित्र ‘साँघुरो’का निर्देशक जोयश पाण्डेले ‘स्पेशल जुरी अवार्ड’ प्राप्त गरेका छन् । ‘सार्क कल्चर सेन्टर श्रीलंका’ले आयोजना गरेको यो फिल्म फेस्टिबलमा ‘साँघुृरो’ले वेष्ट फिचर फिल्मको विधामा दोश्रो स्थान प्राप्त गरेको छ ।
एसियामै चर्चित यो फिल्म फेस्टिबलमा नेपाली सिनेमाको यो दरिलो उपस्थितीलाई तारिफ गर्नैपर्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget