news and more entertainment

पौडेल निवासमा अच्चम्मको चलखेल भारतीयहरु पनि आउने जाने !

काठमाडौं,फागुन ५–केही दिनयता एमाले नेता विष्णु पौडेलको भैंसेपाटीस्थित निवासमा संदीग्ध व्यक्तिहरुको आवत जावत बढ्न थालेको छ । भारतीय अनुहारका केही अपरिचित मानिसका साथ काँग्रेस महामन्त्री कृष्ण सिटौला र अर्का नेता अमरेश कुमार सिंह बारम्बार पौडेल निवास पुग्ने गरेको छर छिमेकका मानिस
बताउँछन् । मुलुकमा नयाँ सरकार गठनको चलखेल भइरहेका बेला सीमावर्ती जिल्ला रुपन्देहीका सभासद पौडेलको निवासमा भारतीय झुकावका नेताहरुको जमघटलाई अर्थपुर्ण मानिएको छ । केही दिन पहिले पौडेलले काठमाडौंस्थित ‘रअ’का एक प्रतिनिधिलाई भेटेको सुत्र बताउँछ । ‘केही दिनभयो, अपरिचीत अनुहारका मानिस आउन थालेका छन्, धोती र कुर्ता लगाएका मानिस पनि आइरहेकै छन्’, एक छिमेकीले भने, ‘कृष्ण सिटौलाजीत रातीसम्म बस्नुभएको देख्यौं । अमरेश सिंह त विहानै आउनुहुन्छ ।’ पौडेलको घर छेउमा गाडीको लाम लागेको देख्दा कतै उनी नै प्रधानमन्त्री हुन लागेका त हैनन् भन्ने भान पर्न थालको अर्का छिमेकी बताउँछन् । ‘हिन्दीमा कुरा गर्ने मानिसहरु आइरहेको देख्छु, भित्र पस्छन्, के के कुरा गर्छन्, जाने बेलामा सब ठिक हो जाएगा आप लोग निश्चिन्त रहीए भन्दै जान्छन्’, ति छिमेकीले भने । गृहमा बामदेव गौतमको नाम काँग्रेसले नमानिरहेको अवस्थामा पौडेललाई एमालेका तर्फबाट सरकारको नेतृत्व गर्न पठाउने तयारी भइरहेको त हैन भन्ने आशंका पनि बढेको छ । भारतीय पक्षले अचेल पौडेललाई अती बढी नै च्यापेको देखेर एमालेकै कतिपय नेता छक्क परेका छन् । गत संविधानसभा निर्वाचनमा रुपन्देहीबाट पराजीत हुनैलागेका पौडेललाई विशेष तौरतरीका अपनाएर जिताइएको चर्चा अहिले पनि एमालेभित्र चल्नेगर्छ । सीमावर्ती क्षेत्रमा शक्तिकेन्द्रको डिजाइन बमोजिम विजयी भएका पौडेलले भारतको विशेष सहयोग लिएको सुत्रको दावी छ । भारतीय मित्रहरुकै इशारामा उनले राप्रपाका उम्मेदवार दिपक बोहरासँग पनि तालमेल गरेका थिए । विष्णु पौडेल कुनैबेला महाकाली सन्धीको विरोधमा खडा भएका थिए । उनले त्यसबेला बामदेव गौतमलाई साथ दिएका थिए । संसदमा सन्धीका विरोधमा नारा पनि लगाएका थिए । पछि एकाएक उनी सन्धीको पक्षमा खडा भए । बामदेवलाई धोका दिए । त्यसबेला देखीनै पौडेलले भारतीय मित्रहरुसँग निकट भएका हुन । भारतीय मित्रसँगको त्यो निकटता अचेल झन गाढा भएको देखिन्छ ,एक एमाले नेताले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget