news and more entertainment

रोम जाँदै गरेको विमान अपहरण, स्विटरल्याण्डको जेनेभामा ल्याण्ड गराइयो


५ फागुन,काठमाडौ।इथोपियन एअरलाइन्सको एक विमान अपहरण गरेर स्विटजरल्गाण्डको जेनेभामा ल्याण्ड गराइएको छ। इथोपियाको एडिस अबाबाबाट उडेको विमान जेनेभामा ल्याण्ड भएजो स्विस प्रहरीले जनाएको छ। एक अपहरणकारी प्रकाउ परेका छन्। एक विज्ञप्ती जारी गर्दै इथोपियन एअरलाइन्सले सवै
यात्रु तथा चालक दलका सदस्य सकुशल रहेको जनाएको छ। एअरलाइन्सले जेनेभामा ल्याण्ड गर्न बाध्य बनाइएको जनाएको छ। स्विस प्रहरीले कसैलाई चोट नलागेको र स्थिति नियन्त्रणमा रहेको जनाएको छ। फ्लाइट ७०२ रहेको विमान एडिस अबाबाबाट २१-३० जिएमटीमा उडेको थियो। विमान इटलीको रोममा पुग्ने पर्ने थियो। हाल जेनेभा एअरपोर्ट बन्द गरेर गरिएको छ। जेनेभा प्रहरीका अनुसार विमान ५ जिएमटीमा जेनेभामा अप्रत्याशित ल्याण्ड गरेको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget