news and more entertainment

नेपालका २०% युवाहरु कुलतमा स्पासमो, फेन्सी डिल, टिडिजिसी सम्म तान्ने गर्छन

उचित परामर्श, पारिवारिक वातावरणको अभाव तथा बेरोजगारी लगायत समस्याले उत्पन्न तनाव कम गर्न युवाहरु लागू पदार्थको कुलतमा फस्ने गरेका छन् ।
देशमा एक वर्षमा ४ लाख रोजगारीका लागि योग्य हुने तर त्यसमा न्यूनले मात्र स्वदेशमा रोजगारी पाउने र अधिकांश वैदेशिक रोजगारीमा जानुपर्ने वाध्यता मुलुकमा विद्यमान रहेका कारण यससंगै कुलत पनि बढ्दै गएको छ ।
पछिल्लोपटक नवलपरासीबाट प्राप्त समाचार अनुसार जिल्लामा करिब २० प्रतिशत युवाहरू लागुऔषधको कुलतमा परेको एक अध्ययनले देखाएको छ । प्रहरीले लागुऔषध प्रयोग गरेको आरोपमा पक्राउ गरेकाको तथ्याङ्क हेर्दा लागुऔषधको कुलतमा युवा पिँढी बढी भेटिएका छन् ।
नेपाल–भारत खुल्ला सिमाना रहेको कारण नेपालमा भित्रिने अधिकांश लागुऔषध भारतबाट नेपाल भित्रिने गर्दछ । यसका लागि नेपालकै मुख्य नाका बर्दघाटदेखि सुनवलसम्मको इलाका बन्ने गरेको छ ।
प्रहरीका अनुसार पछिल्लो तीन महिनामा एक दर्जन लागुऔषध दुव्र्यसनीलाई पक्राउ गरी मुद्दा चलाएको छ । ती सबै २० देखि ३५ वर्ष उमेर समूहको रहेको प्रहरी स्रोतको भनाइ छ ।
ब्राउन सुगरबाहेक स्पासमो, फेन्सी डिल, टिडिजिसी भारतमा निर्वाध रुपमा बिक्री वितरण हुने भएकाले पनि यो भारतको बाटो भएर नेपाल भित्रिने गरेको प्रहरीले जनाएको छ ।
स्पासमो, फेन्सी डिल र टिडिजिसी नेपालमा डाक्टरले सिफारिस गरेको बिरामीले मात्र खान पाउने र अन्यको हकमा प्रतिबन्धित औषधि हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget