news and more entertainment

यसरि गरेछन रेग्मी सरकारले ६ करोड वितरण

काठमाडौं, फागुन ३ – प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारले ६ महिनामा करिब ६ करोड रुपैयाँ आर्थिक सहायता वितरण गरेको छ । सरकारले औषधोपचार, क्षतिपूर्ति र आर्थिक सहायता उपलब्ध गराएको छ । रेग्मी नेतृत्वको मन्त्रिपरिषद्ले चालू आर्थिक वर्षको माघसम्ममा ६ करोड दुई लाख ४१ हजार चार सय ५६ रुपैयाँ आर्थिक सहायता वितरण गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश
रामकुमारप्रसाद साहका लागि मात्र स्वास्थ्योपचारका लागि करिब ८० लाख रुपैयाँ उपलब्ध गराइएको छ । आर्थिक सहायता लिनेमा सर्वसाधारणभन्दा पनि अधिकांश पहुँचवाला नै छन् । अर्थ मन्त्रालयले सार्जजनिक गरेको विवरणअनुसार आर्थिक सहायता लिनेमा सर्वोच्च अदालतका न्यायाधीशसहित धार्मिक संगठन, गैरसरकारी संस्था, सरकारी कर्मचारी, कर्मचारीका श्रीमतीलगायत छन् । आर्थिक सहायताका नाममा राज्यको ठूलो धनराशि वितरण भएको अर्थमन्त्रालय स्रोतले बतायो । आर्थिक सहायता उपलब्ध गराउन ठूलो दबाब आउँछ, अर्थमन्त्रालय स्रोतले भन्यो, गैरराजनीतिक व्यक्तिको नेतृत्वमा सरकार हुँदा त यति धेरै रकम वितरण भएको छ भने दलीय सरकारले त अब के गर्ने हो ? सरकारले सबैभन्दा बढी आर्थिक सहायता सर्वोच्च अदालतका न्यायाधीश साहलाई उपलब्ध गराएको छ । थाइल्याण्डको बैंककमा भएको एक सेमिनारमा जाँदा मस्तिष्कघात भएका साहलाई सरकारले उपचार खर्चवापत ७९ लाख ६६ हजार ४८ रुपैयाँ दिएको छ आजको नयाँ पत्रिका दैनिकमा यो खवर छापिएको छ ।
www.ratopati.com
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget