news and more entertainment

विमानमा आगो लागेपछि आकस्मिक अवतरण |


७ फागुन, एजेन्सी । मेलवर्नबाट अबुधावीका लागि उडेको विमानमा आगलागी भएपछि उक्त विमान जाकार्तामा नै अवतरण गराइएको समाचारहरूमा जनाइएको छ । विमानको क्याबिनको बाथरूममा आगो लागेपछि विमानलाई आकस्मिक रूपमा जाकार्तामा अवतरण गराइएको हो ।
जाकार्तामा आकस्मिक अवतरण गरिएको विमान करिब ४ घण्टा ढिलो गरी मात्र अवुधावीमा पुगेको थियो । उक्त विमानमा यात्रा गरिरहेका एक यात्रुले आफ्नो नाम नभन्ने शर्तमा विमानमा आगोलागी भएको पुष्टी गरेकी छिन् । उनले क्याबिनको बाथरूममा आगो लागेपछि त्यहाँबाट धुँवा निस्किएको आफूहरूले देखेको बताएकी छिन् ।
उक्त समयमा धेरै यात्रुहरू निन्द्रामा रहेको र अन्य यात्रुलाई समेत यस घटनाबारे खासै ज्ञान नभएको उनको भनाइ छ । उनले विमानभित्र चुरोट पिउन बन्देज लगाइएकाले उक्त धुँवा चुरोट नभएको उनको दाबी छ ।
>उनले आफू बसेको नजिकै क्याबिनको बाथरूम रहेको र आफूले त्यहाँबाट धुँवा आइरहेको देखेको बताएकी छिन् । आफुले उक्त ठाऊँमा आगोको मुस्लो र धुँवा दुवै देखेको दावी गरेकी छिन् ।
यसरी विमानमा आगो लागेपछि विमानलाई आकस्मिक अवतरणका लागि जाकार्तातर्फ लगिएको थियो । विमानको वास्तविक गन्तव्यमा पुग्नका लागि करिब साढे २ घण्टा लाग्ने समेत यात्रुहरूको भनाई छ ।
यस्तै, विमान कम्पनीले पनि एक प्रेस विज्ञप्ति जारी गर्दै विमानमा आगोलागेको पुष्टी गरेको छ भने आकस्मिक अवतरणका लागि जाकार्ता लगिएको जनाएको छ । केहीबेर जाकार्तामा बसेपछि विमान पुन अवुधावीका लागि उडेको थियो ।
     
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget