news and more entertainment

दिनमै ५ लिटर दूध पिउने युवती, जसलाई अन्न देख्नै हुन्न

भारतकी एक २५ वर्षीया युवतीको मुखमा अहिलेसम्म अन्न परेको छैन । तर, उनी औशत युवतीजस्तै स्वस्थ र हट्टाकट्टा छिन् । नयाँ दिल्ली नजिकैको सोनीपतकी मन्जु ढर्रा दिनमा ४ देखि ५ लिटरसम्म दुध पिउँछिन् ।
त्यसबाहेक उनले पानी र चिया पनि उनको जीवन धान्ने आधार हुन् । अहिलेसम्म उनको मुखमा अन्न परेको छैन् । कारण- अन्न खानासाथ उनलाई वान्ता हुन्छ । डाक्टरहरुका अनुसार उनलाई एक्लेजिया भन्ने रोग लागेको छ । उनकी आमा भगवतीले भनेकी छिन्-उनले दुध, चिया, पानी र जुस मात्र खान्छिन् । उनी धेरै दुध खान्छिन् । उनले अन्य खानेकुरा खाइन् भने तत्काल वान्ता हुन्छ ।’ मन्जुलाई अब ठोस खानेकुरा देख्यो डर लागेको जस्तो हुन्छ । उनको उचाई औषत भारतीय महिलाको जस्तै छ र स्वास्थ्य पनि छिन् । तर, उनी पेट दुख्ने समस्याबाट भने पीडित छिन् । आमा भगवतीका अनुसार दुई वर्षको हुँदा यो समस्या थाहा भएको हो । त्यसबेला मन्जुलाई भात खुवाउना साथ विरामी हुन्थिन् । उनले छोरीलाई धेरै डाक्टरहरुको पुर्‍याइन् तर रोग निको भएन । उपचारमा धेरै पैसा लाग्ने भयो तर, परिवारको अवस्था राम्रो नभएकाले उपचार गर्न नसकेको बाबु रामकनवर बताउँछन् । मन्जु सात सन्तान मध्ये एक हुन् । उनको दुई दाजुभाई र पाँच दिदीबहिनी छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget