news and more entertainment

तीन हात भएका बालक जन्मिए

तनहुँ , फाल्गुन ४ - दमौली अस्पतालमा बुधबार बिहान १६ वर्षीया कल्पना गुरुङले तीन हात भएको शिशु जन्माएकी छन् । नवजात शिशुको स्वाभाविक दुई हातबाहेकको तेस्रो हात मेरुदण्डको बीच ढाडमा रहेको छ । उक्त हातमा तीन वटा अविकसित औंला छन् । बिहान करिब सवा ६ बजे उक्त बालक साधारण रूपमा जन्मिएको र जन्मँदा बच्चाको तौल २ किलो ७ सय ग्राम रहेको अस्पतालको रेकर्डमा उल्लेख छ ।
जन्मिएपछि मात्र ढाडमा हातजस्तै आकृतिको मासु देखेको शिशुका बाबु २७ वर्षीय आशिषले बताए । चिकित्सकहरूले शल्यक्रिया गरी ढाडको हात निकाल्नका लागि बालरोग विशेषज्ञबाट सल्लाह दिन भनेको आशिषले सुनाए । 'दमौली अस्पतालका डाक्टरले ४५ दिनभित्र बालरोग विशेषज्ञलाई देखाउन भनेका छन्,' उनले भने, 'ढाडको हातको अप्रेसन गर्नुपर्‍यो भने हामीसँग पैसासमेत छैन ।' ढाडमा हात भए पनि उत्तानो सुत्दा छोराले कुनै असजिलो महसुस नगरेको आमा कल्पनाले बताइन् । शल्यक्रिया गरी हात हटाउन सके छोरालाई सहज हुने उनले बताइन् । 'उत्तानो सुताउँदा ढाडमा हात भएकाले छोरालाई दुख्छ कि जस्तो लाग्छ,' कल्पनाले भनिन्, 'त्यसैले कोल्टे सुताउन खोज्छु ।' उनले विभिन्न अस्पतालले निःशुल्क उपचार गरिदिए ठूलो गुन लाग्ने बताइन् । दमौली अस्पताल तथा जनस्वास्थ्य कार्यालयका प्रमुख डाक्टर विवेककुमार लालले भ्रूणको पूर्ण विकास नभएकाले उक्त बालकको ढाडमा हात आकारको मासु भएको बताए । गर्भमा जुम्ल्याहा बच्चा बन्ने प्रक्रियामा समेत सोहीअनुसारको क्रिया हुने उनले जानकारी दिए । भिडियो एक्सरे रिपोर्टमा समेत मासु पलाएको रेकर्ड नलेखिएको डाक्टर लालले जानकारी दिए ।
www.ekantipur.com
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget