news and more entertainment

अबैध रुपमा स्पेन छिर्न खोज्ने १३ को गोली हानी हत्या

जगन्नाथ कँडेल, स्पेन । अबैध रुपमा स्पेन छिर्न खोज्ने १३ जनाको एक समुहलाई स्पेनिस सरकारले गोली हानी हत्या गरेको छ । मोरोक्को हुँदै सामुद्रिक बाटोबाट पौडी खेली सेयुता नाका हुदै स्पेन भित्रिन खोजेका उनीहरुलाई स्थानीय प्रसाशनले नियन्त्रणमा लिन खोज्दा सो घटना भएको थियो । समुन्द्रमै मारिएकाहरु कुन देशका हुन पुष्टि भने भैसकेको छैन । तर घटना भएको स्थान र सीमा क्षेत्रका आधारमा उनीहरु अफ्रिकन हुन सक्ने आशंका गरिएको छ ।

घटनाका सम्बन्धमा मानवाधिकारकर्मीहरुले  कडा निन्दा गरेका छन् तर स्थानीय प्रसासनले नियन्त्रणमा लिनका लागि उनीहरुमाथि रबरका गोली चलाइएको तर मार्ने उदेश्य नभएको भनी जिद्धि गरेको छ । मानब अधिकारकर्मीले यो घटनालाई ब्रुसेलसम्म पुर्याए जसका कारण स्पेन सरकारमाथि कालो दाग लागेको छ।

मानव अधिकारबादीहरु र स्थानीय प्रशासनको कुरा बाझिए पछि घटनाको जिम्मा स्पेनिस सरकारले लिएको छ। यो घटनाको जिम्मा सरकारले लिए पनि क्षतिपूर्तिबारे कुनै जानकारी बाहिर आएको छैन ।

विभिन्न मुलुकबाट रोजगारको निम्ति युरोपलाई आफ्नो गन्तब्य बनाई अबैध बाटो अपनाउन मानिसहरु बिवस छन् जसले गर्दा उनीहरुको ज्यान जोखिममा परिरहेको छ। अबैध रुपमा युरोप छिर्ने र बैध हुनको लागि स्पेन, इटाली र पोर्तुगल पुग्ने गरेकामा एसियन र अफ्रिकन मूलका मानिसहरु रहने गरेका छन्।

अफ्रिकनहरु अबैध रुपमा युरोप भित्रदा स्पेनको भुमिलाई प्रयोग गर्ने गर्दछन् । यिनीहरुको सिमा क्षेत्र स्पेनको सेयुता र मेलिय्या मरोक्को नजिकका भागहरु गर्दछन।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget