news and more entertainment

वीरेन्द्र र महेन्द्रको महल भारतीय कब्जामा

पर्सा, ४ फागुन– पूर्वराजा राजा वीरेन्द्र र महेन्द्र शिकार गर्न आउँदा बस्ने महल भारतीय सीमा प्रहरीले कब्जा गरेको रहस्य खुलेको छ । पर्साको ठोरीमा रहेको नेपालकै पहिलो आरसीसी भवन अहिले भारतीय क्षेत्रमा पाइएको नेकपा–माओवादीका नेताहरुले बताएका छन । उपाध्यक्ष सीपी गजुरेलको नेतृत्वमा पर्साको ठोरी
क्षेत्रको स्थलगत भ्रमणमा गएका नेकपा माओवादीका नेताहरुले यो तथ्य फेला पारेका हुन् । महिला तस्करी नियन्त्रण गर्न माइती नेपालका लागि सीमा क्षेत्रमा बनाइन लागेको भवन निर्माणमा भारतीय पक्षले रोक लगाएपछि माओवादी उपाध्यक्ष तथा बिदेश बिभाग प्रमुख गजुरेल नेतृत्वको टोली ठोरी पुगेको थियो । ठोरी गाविसमा पर्ने सहायक पिलर र निर्मल बस्ती गाविसमा पर्ने जंगे पिलरको पनि गजुरेल नेतृत्वका प्रतिनिधिमण्डलले निरिक्षण गरेको थियो ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget