news and more entertainment

जाजरकोटमा बम विष्फोट, ६ जना घाइते

काठमाडौं- जाजरकोट दशेरा- ३ तल्लोगाउमा बिहीबार भएको बम विस्फोटमा ६ जना गम्भीर घाइते भएका छन् ।
घाइतेहरुलाई उपचारका लागि बाहिर पठाउन स्थानीय प्रशासनले गृह मन्त्रालयसँग हेलिकप्टर मागेको छ । स्थानीय जोखे थापाले जंगलमा भेटाएको पाईपको टुक्रालाई पिटेर ओदान बनाउन लाग्दा विष्फोट भएको प्रहरीले जनाएको छ ।
विष्फोटबाट ५२ वर्षीय कमारो चादारा, ३५ वर्षीय जोखे थापा, ३५ वर्षीय भक्तबहादुर नेपाली, ३५ वर्षीय मनबहादुर थापा, १५ वर्षीय नैनबहादुर नेपाली र ३३ वर्षीय नरसिंह थापा घाइते भएका हुन् ।
माओवादी सशस्त्र युद्धकै बेलामा जंगलमा छाडिएको बम हुनसक्ने प्रहरीको भनाई छ
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget