news and more entertainment

दुर्घटनाग्रस्त जहाजबाट १३ वटा शव निकालियो

काठमाडौं/अर्घाखाँची, फाल्गुन ५ - झण्डै २० घण्टादेखि हराइरहेको नेपाल एयरलाइन्सको जहाज अर्घाखाँचीको ढिकुरा गाविसस्थित मसिनेलेकमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । नेपाली सेनाको उद्दार टोलीले स्थान पहिचान गरेपछि परिचालन भएको अर्घाखाँचीका प्रहरी नायव निरीक्षक दलबहादुर बुढा नेतृत्वको टोलीले दुर्घटनाग्रस्त जहाज फेला परेको हो । मसिनेलेकमा रहेको टेलिफोन टावरको उत्तरपूर्व २ सय मिटर तल
खोंचमा दुर्घटनाग्रस्त जहाज भेटिएको बुढाले जानकारी दिए । नेपाल वायुसेवा निगमका प्रवक्ता रामहरि शर्माले सेनाको हेलिकोप्टरबाट जहाज देखिएपछि थप टोली परिचालन गरिएको जानकारी दिए । काठमाडौंवाट पोखरा हुँदै जुम्लाको लागि उडेको नेपाल एयरलाइन्सको ९ एनएवीवी-टि्वनअटर जहाज आइतबार दिउँसो १ बजेर १३ मिनेदेखि सम्पर्कविहीन भएको हो । भैरहवा विमानस्थलमा आपतकालिन अवतरणका लागि सम्पर्क गरेदेखि नै जहाज सम्पर्कविहीन भएको हो । जहाजसंगै १५ यात्रु र चालक दलका तीन सदस्य पनि वेपत्ता छन् । तीमध्ये एक बालक र एक डेनिस नागरिक पनि छन् । काठमाडौंबाट उडेको जहाज पोखरा विमानस्थलमा इन्धन भरेर आधाघण्टामै जुम्लाका लागि उडेको थियो । त्यसपछि करिव एक घण्टामा जुम्ला पुग्नुपर्ने जहाज भैरहवामा सम्पर्क भएर बेपत्ता भएपछि खोजी कार्य सुरु गरिएको थियो । जहाज अर्घाखाँची, पाल्पा र गुल्मीको सिमाक्षेत्र खिदिम आसपासको जंगलमा खसेको आंशकामा सुरक्षाकर्मी र स्थानीयबासीले अपरान्हृदेखि खोजी गरे पनि भेटेका थिएनन् । दुर्घटनाग्रस्त जहाजबाट १३ वटा शव निकालियो घटनास्थल पुगेका लुम्बिनी अञ्चल प्रहरी प्रमुख मिङ्मार लामाका अनुसार १३ वटा शव संकलन गरिएको छ । 'तीमध्ये चार वटा चिन्न सकिने अवस्थाका छन्,' उनले भने, 'अरु चाँही क्षतविक्षत छन् ।' प्रहरीका अनुसार नेपाली सेनाको एमआई १७ र सिम्रिक एयरको गरी दुइटा हेलिकोप्टर उद्दारका लागि घटनास्थल पुग्दैछन् । त्यसका लागि अस्थायी हेलिप्याड निर्माण गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले शव संकलन गरिरहेको छ । अध्यधिक चिसोका कारण उद्दार टोलीलाई काम गर्न कठीनाई भएको छ ।
 www.ekantipur.com

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget