news and more entertainment

सन्नी लियोनीको घाँटी थिचियो झन्डै परमधाम

पुर्व पर्नस्टार सन्नी लियोनीले एक चलचित्र शुटिङका दौरान ठुलै शास्ती खेप्नु पर्यो। एक एक्सन दृश्य शुटिङका दौरान अभिनेता दीपक तिजोरीले सन्नीको घाँटी यसरी थिचिदिए की झण्डै ठुलो दुर्घटना हुन पाएन।

मलेसियामा शुटिङ भइरहेको चलचित्र 'टीना एण्ड लोलो'मा अभिनेता तिजोरीले सन्नीको घाँटी थिच्नु पर्ने सिन थियो तर उनले निकै कसिलो गरेर उनलाई समाते र ताने। यसबाट सन्नीको निकै पिडा भयो। सन्नीलाई असहज भएको देखेर निर्देशकले शुटिङ तत्कालै रोक्नु परेको थियो। केही समय ढिला भएको भए जे पनि हुन सक्थ्यो।

पछी अभिनेता तिजोरीले सन्नीसंग माफि मागेका थिए । उनले सन्नीको घाँटीमा समातेर घिसार्दै लानु पर्ने सिन थियो तर सन्नीले सन्तुलन गुमाएपछि उनको घाँटी नमज्जाले थिचिन पुग्यो । तर तिजोरीले यस्तो भएका थाहा पाएनन्। चलचित्र' टीना एण्ड लोलो'मा सन्नी लियोनी मुख्य भुमिकामा देखीदैछिन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget