news and more entertainment

साहरुखले अभिषेकलाई दिए साढे १२ लाखको बाइक


 (एजेन्सी) बलिवुड सुपरस्टार साहरुख खान यति बेला निकै खुशी मुडमा छन् । केही दिन अघि भ्यालेन्टाइन डेमा आफ्नो पत्नी गौरीलाई निकै महंगो सेडान गाडी उपहार दिएका खानले आफ्नो आगामी चलचित्र ह्याप्पी न्यु इयरका सह अभिनेता अभिषेक बच्चनलाई एउटा महंगो बाइक दिएका छन् ।
टाइम्स अफ इन्डियाका अनुसार साहरुखले करिब १२.५ लाख भारतीय रुपैयाँ पर्ने बाइक अभिषेकलाई उपहार दिएका हुन् । उनले उक्त बाइक मुम्बाईको जुहुमा रहेको अभिषेकको घरमा पु¥याउन लगाएका थिए ।
यी दुई अभिनेताले करण जोहरको चलचित्र कभी अल्भिदा ना केहेनामा सँगै काम गरेका थिए । तर, उनीहरुबीच सम्बन्धमा दरार त्यतिबेला देखाप¥यो जब अभिषेक र ऐश्वर्याको विवाहमा साहरुख र गौरीलाई निमन्त्रण गरिएन । यसको कारण ऐश्वर्यालाई मानिन्छ किनभने साहरुखको आफ्नै प्रोडक्सन हाउसले निर्माण गरेको चलचित्र चल्ते चल्तेबाट ऐश्वर्या निक्लेका थिए । यद्यपि करण जोहरले ऐश्वर्या र साहरुखलाई आफ्नो जन्मदिनका दिन मिलाएका थिए र त्यहीँबाट उनीहरुको सम्बन्धमा सुधार आएको थियो ।
अभिषेक र साहरुखबीच रहेको तिक्तता भने फोटोग्राफर डबु रत्नानीको क्यालेन्डरको फोटोसुटको दौरान मेटिएको थियो । अहिले ह्याप्पी न्यु इयरको सुटिङ्गको दौरान उनीहरुबीच राम्रो सम्बन्ध कायम भएको बताइन्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget