news and more entertainment

त्रिभुवन विमानस्थाल विश्वका नराम्रा मध्येको १० औ स्थानमा, तेस्रो खराबमा न्युयोर्क

 ४ फागुन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विश्वका नराम्राको सूचीमा दसौं स्थानमा परेको छ । यात्रुहरु उडानका लागि आवश्यक प्रक्रिया पूरा गर्नका साथै केही समय पर्खाइका लागि पनि विमानस्थल परिसरमा रहन्छन् । यस्तोमा विमानस्थलको सेवा-सुविधाको स्तरले यात्रुलाई धेरै प्रभाव पार्छ । अन्तर्राष्ट्रिय वेभ पोर्टल वैल्सटचटसिट डटकमले गत जनवरीमा सार्वजनिक गरेको सूचीमा त्रिभुवन विमानस्थल उक्त स्थानमा परेको हो ।

सानो मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विभानस्थलको अध्यागमनमा कर्मचारीहरुले राम्रो व्यवहार नगर्ने, अनावश्यक प्रश्न सोधेर झन्झट दिने, प्रस्थान हल सानो भएको र मर्मत/सुधारका काम प्रभावकारी नदेखिएको लगायत कारणले नराम्रो विमानस्थलको सूचीमा परेको हो । ‘प्रस्थान बोर्डको अवस्था साना बच्चाहरुले खेलेको अव्यवस्थित फुटबल खेल मैदान जस्तो छ,’ सीएनएन ट्राभलको भनाईलाई उक्त वेभपोर्टलले उदृत गरेको छ । नेपाललाई अन्तर्राष्ट्रिय मुलुकसँग जोड्ने विमान कम्पनीहरुलेसमेत यी सबैको गुनासो पहिलेदेखिनै गर्दै आएका छन् ।

तर थोरै भएपनि नागरिक उड्डयन प्रधिकरणले गरेको सुधारका कारण विमानस्थल १० औ स्थानमा उक्लेको हो । यसअघि सन २०११ मा सीएनएन ट्राभलले निकालेको विश्वका खराब विमानस्थलको सूचीमा त्रिभुवन विमानस्थल ८ औ स्थानमा थियो ।

तेस्रो खराबमा न्युर्योक

त्यस्तै न्युर्योकको जान एफ केन्डी इन्टरनेसनल नराम्रा विमानस्थलको सूचीमा तेस्रो स्थानमा परेको छ ।
खुला व्यागेज सेक्युरिटी चेक र बढी कीरा फट्याङ्ग्राको समस्याका कारण रिपब्लिक अफ चादको एनडिजामिना इन्टरनेसनल विमानस्थल चौथो स्थानमा परेको छ । यी दुवै समस्याबारे यात्रुहरुले बारम्बार गुनासो गरेपनि विमानस्थलले कुनै सुधार नगरेको वेभपोर्टलले लेखेको छ ।
वेभपोर्टलको सूचीमा सबैभन्दा नराम्रो विमानस्थलको रुपमा साउ पाउलो गाउरुहोस अन्तर्राष्ट्रिय विमानस्थल परेको छ । लामो अध्यागमन लाइन, घोषणा नगरी गेट परिवर्तन गरिने र महँगो खाना र पेय पदार्थका कारण साउ पाउलो नराम्रो विमानस्थलमा पर्छ । दोस्रोमा भने सिकागो मिडवे इन्टरनेसनल विमानस्थल रहेको छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget