news and more entertainment

अमेरिकाको वासिङटन डिसीमा साहित्य प्रतिष्ठान संस्था स्थापना

अमेरिकाको वासिङटन डिसीमा अमेरिका नेपाल साहित्य प्रतिष्ठान नामको नयाँ संस्था स्थापना भएको छ भने । नव स्थापित प्रतिष्ठानले अनेलिया नामको डिजिटल पत्रिकाको पनि शुरुवात गरेको छ ।डिसी महानगरीय क्षेत्रको आर्लिङ्गटनमा आयोजित एक कार्यक्रममा उक्त संस्थाको उद्घाटन हुनुका साथै डिजिटल पत्रिकाको विमोचन पनि गरिएको छ ।
संस्थाको उद्घाटन नेपाली राजदूतावासका बरिष्ठ अधिकृत नारायण मैनालीले दीप प्रज्वलन र पंडित राजेन्द्र खनालले वैद्धिक मन्त्रोच्चारण गरेर गरिएको थियो । पत्रिकाको उद्घाटन बरिष्ठ पत्रकार सोमनाथ घिमिरेव्दारा गरिएको थियो । प्रतिष्ठानका संयोजक गोविन्द गिरी प्रेरणाको अध्यक्षतामा संपन्न उक्त कार्यक्रममा अन्तरराष्ट्रिय नेपाली साहित्य समाज अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, उत्तर अमेरिकी साहित्य प्रतिष्ठानका अध्यक्ष बसन्त श्रेष्ठ, साहित्यिक वेवसाइट खसखस डट कमका संचालक बासु श्रेष्ठ, गुह्यनाथ पौडेलले शुभकामना मन्तव्य प्रकट गरेका थिए ।
समारोहमा उपस्थित श्रष्टाहरुले आ-आफ्नो रचना बाचन गरेका थिए । कविता बाचन गर्नेहरुमा हेमन्त श्रेष्ठ, बसन्त श्रेष्ठ,प्रकाश नेपाल,सरोज खनाल,सुभद्रा पराजुली,रजनी श्रेष्ठ,नारायण अधिकारी,गुणराज लुईंटेल,मोहन निरौला,गोमा न्यौपाने,विमला निरौला,सुलेखा भण्डारी,श्रेया पराजुली,विबेचना निरौला र वाज्वल भट्टर्राई रहेका थिए । विष्णु शीतलद्धारा संचालित उक्त कार्यक्रममा आनन्दु लामा, विश्वराज थापा र अंकुश शर्माको टोलिले वाद्यवादन पनि प्रस्तुत गरेको थियो ।
कार्यक्रमका अतिथिहरुले नव स्थापित संस्थाको उज्वल भविष्य कामना गर्दै शुभकामना व्यक्त गरेका थिए । बक्ताहरुले साहित्यको कुनै भौगोलिक सीमा हुदैन भन्ने मान्यतालाई जोड दिएका थिए । त्यस्तै डिसी महानगर क्षेत्रमा चार दर्जनभन्दा बढी नेपाली संघ संस्थाहरु स्थापित भए पनि आप्रवासी समुदायको हितमा काम गर्ने संस्थाहरुको भने खाँचो देखिएको सहभागीहरुले मन्तव्य र आफ्ना रचनाहरु मार्फ व्यक्त गरेका थिए ।
कार्यक्रम समापनको अवसरमा प्रतिष्ठानका अध्यक्ष प्रेरणाले संस्था सबै आप्रवासीको साझा भएको र यसले वालवालिकाहरुलाई नेपाली साहित्यतर्फ आकषिर्क गर्ने जानकारी दिंदै बाल प्रतिष्ठानको शुरुवात गर्ने योजना रहेको बताए । अनेलियामार्फत संसार भर रहेका नेपाली साहित्यकारको परिचय कोष प्रकाशनमा ल्याउने उद्धेश्य प्रतिष्ठानले लिएको पनि अध्यक्ष प्रेरणाले सो अवसरमा बताएका थिए ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget