news and more entertainment

सिकारु डाक्टरले सिक्नका लागी जबरजस्ती करेन्ट लगाएर बिरामी मारे "कलेज तनावग्रस्त"

५ फागुन,काठमाडौं ।रुपन्देहीको भैरहवास्थित शिक्षण अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि तनाव भएको छ । युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा सिकारु डाक्टरले उपचार गर्दा बिरामीको मृत्यु भएको भन्दै आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् ।


दुई हप्ता अघि उक्त अस्पतालको मानसिक वार्डमा भर्ना भएका अर्घाखांची भगवती गाविसका ३६ वर्षिय अर्जुन पाण्डेको आइतबार उपचारको क्रममा मृत्यु भएको थियो ।

१५ दिन देखी बिरामी कुरुवाका रुपमा रहेका मृतकका भिनाजु राम प्रसाद पाण्डे आइतबार डाक्टर नआउदै सिकारुले आफुले सिक्नका लागी जबरजस्ती ईलेक्ट्रीक करेन्ट सप्लाइ गर्दा मृत्यु भएको बताउछन् ।

सिकारुले बिरामीले पानी नखाएका बेलागर्नु पर्ने उपचार हेलचक्राईका साथ केही हुदैन भन्दै गर्दा ज्यान गएको उनको भनाइ छ । बिरामी को नियमित उपचार गर्दै आएका डाक्टर सन्जीव रन्जनले इसिटी गर्न नमिल्ने भन्दै अर्को दिनलाई सारेका थिए ।
तर अस्पतालमा इन्टर्नशिप गरिरहेकी एक महिला डाक्टरले उपचार गरेपछि उनको मृत्यु भएको आफन्तको भनाइ छ । मृतकका आफन्तले उचीत क्षतीपुर्ति र डाक्टरलाई कारवाही नगरे सम्म शव नबुझने अडान लिएका छन् ।

उता अस्पताल अस्पताल प्रशासनले भने सत्य तथ्य पता लगाई रिपोर्ट दिन सर्जरी विभागका प्राध्यापक कैलास चन्द्रको नेतृत्वमा ७ सदस्यीय छानबीन टोली गठन गरेको छ । टोलीका संयोजक कैलास चन्द्रले कहिलेकाँही करेन्ट दिदा मुटुको धडकन बन्द हुन सक्ने हुँदा घटनामा स्पतालका डाक्टरको कुनै लापरवाही नभएको दावी गरेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget