news and more entertainment

देउवाले भने-गिरिजाबाबुलाई भड्खालोमा जाक्ने सुशील जी नै हो

त्यो प्रकाशमान सिंहले मलाई साथ दिन्छु भनिसक्याथ्यो, मेरो मान्छे भइसक्याथ्यो, उल्लाई पनि गृहमन्त्री बनाउँछु भनेर आफुतिर ताने’, देउवाले भने, ‘अब त्यो सिटौला छ नी, भन्देखिनलाई उल्ले प्रकाशमानलाई गृहमन्त्री हुन नदिने खेल सुरु गरिसक्या छ । सिटौलालाई भारतले उचालिसक्या छ । रामचन्द्रजीलाई त मैले भन्या पनि थिएँ, तपाईहरुलाई भड्खालोमा जाक्दैछन् भनेर ।’

  • पंकज चौधरी\कमलेश डि.सी
काठमाडौं, फागुन ३ –पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाको बुढानिलकन्ठस्थित निवासमा साँझ परेपछि रमाइलो जमघट चल्नेगर्छ । देउवा, उनकी पत्नी आरजु, डा. प्रकाश शरण महतलगायत केही सिमित नेताहरुवीच मदिराको चुस्कीसँगै देउवा क्याम्पले चाल्नुपर्ने रणनीतिबारे छलफल चल्नेगर्छ । यस्तो जमघटमा कुनैबेला डा. मिनेन्द्र रिजाल पनि सहभागी हुने गर्थे । तर, उनका केही अभद्र र अशिष्ट व्यवहारका कारण देउवाले उनलाई अचेल आफनो निवासमा छिर्न दिदैनन् । त्यसैले मिनेन्द्र सुशील क्याम्पतीर गएका छन् ।
केहीदिनअघि देउवा क्याम्पको त्यस्तै जमघटमा मदिराको चुस्कीसँगै देउवाले सुशील कोइरालाप्रति व्यापक कटाक्ष गरेको खबर छ । सुत्रका अनुसार देउवाले अहिले काँग्रेस र एमालेवीच भइरहेको रस्साकस्सी र सरकार गठनमा ढिलाईको एक मात्र कारण सुशील कोइराला नै भएको बताएका छन् । उनको ठहर छ, सुशील जी नै समस्याको जड हुन ।
‘अब सुशील जी आउनुभो, राजनीति झन् जटील मोडमा पुग्ने भो । भन्देखीनलाई, सुशील जी नै अहिलेको समस्याको जड हो । उहाँ हठी हुनुहुन्छ, फ्लेग्जीबल हुनुपर्छ राजनीति गर्ने मान्छे, तर उहाँ स्टयाण्ड स्टयाण्ड भन्ने’, देउवाले भने, ‘प्रधानमन्त्री बन्न त यती घुमाउरो बाटो जानुप¥यो । अब उहाँले सरकार कसरी चलाउनुहुन्छ ?अहिलेसम्म कसैलाई मनाउन सक्नुभएको छैन । सरकार नै गठन हुनसक्या छैन ।’
सुशील कोइराला प्रधानमन्त्री बनेकाले अब संविधान निर्माण प्रकृया पनि पुरा नहुने र मुलुकमा मुठभेड मात्र हुने देउवाको विश्लेषण रहेको सुत्र बताउँछ । ‘सुशील जीसँग कसैको कुरा मिल्दैन । एमालेका साथीहरुसँग कुरा मिल्दैन । काँग्रेसकै साथीसँग कुरा मिल्दैन । एमाओवादीका साथीहरु त प्रतिपक्षमै बस्छु भनिरहेका छन् । यस्तो बेला उहाँ एक्लैले कसरी चलाउनुहुन्छ ?’, देउवाले भने, ‘हेर्नुहोला उहाँको कार्यकाल झगडै झगडामा बित्छ । अनी अहिलेसम्म अविवाहित रहेर राजनीति गरेको, स्वच्छ छवी भन्याथ्यो, त्यो पनि भन्देखिनलाई खराब हुन्छ । अब हामी नै अघि नसरी हुन्न । हामीले सुशील जीलाई बोक्नुको पनि अर्थ छैन ।’ देउवाको भनाई जस्ताको तस्तै उदृत गर्दै रमझम बैठकमा सहभागीले भन्यो ।
त्यो जमघटमा देउवाले सुशील ले संसदीय दलको नेता हुन केके तिकडम गरे भन्नेबारेमा पनि चर्चा गरेका थिए । ८९ सभासदको समर्थन पाएका देउवाका अनुसार सभापति कोइरालाले संसदीय दलको नेता बन्न राष्ट्रपती रामवरण यादवलाई गुहारे । पुराना वफादार रामवरणले काँग्रेसका केही सभासदलाई शितल निवासमै बोलाएर सुशील लाई भोट हाल्न भने । ‘त्यो प्रकाशमान सिंहले मलाई साथ दिन्छु भनिसक्याथ्यो, मेरो मान्छे भइसक्याथ्यो, उल्लाई पनि गृहमन्त्री बनाउँछु भनेर आफुतीर ताने’, देउवाले भने, ‘अब त्यो सिटौला छ नी, भन्देखिीलाई उल्ले प्रकाशमानलाई गृहमन्त्री हुन नदिने खेल सुरु गरिसक्या छ । उल्लाई भारतले उचालिसक्याछ । रामचन्द्रजीलाई त मैले भन्या पनि थिएँ, तपाईहरुलाई भड्खालोमा जाक्दैछन् भनेर ।’ रामचन्द्र पौडेल र केही सभासद आफुतिर आएको भए अहिलेसम्म सरकार पनि बनिसक्ने, सबैलाई चित्त पनि बुझ्ने र संविधान पनि लेखिने देउवाको दावी थियो ।
भारतले पनि सुशील जीलाई चिन्न नसकेको देउवाको गुनासो थियो । ‘हुन त सुशील जीलाई पहिला पनि भारतकै मान्छे भन्थे । शैलजाजीले पार्टीको बैठकमै यो मान्छेलाई किन बैठकमा ल्याएको भनेर भन्थ्नि । कसै कसैले तुलसी गिरीको पनि भन्थे । हामीले त सुशील दाइ भनेर सम्मान गर्दै आयौं’, देउवाले भने, ‘तर उहाँ कसैका लागि पनि काम लाग्ने मान्छे चाँही हैन । बफादार भएर मात्र हुँदैन, काम लाग्ने हुनुप¥यो नी । गिरीजा बाबुको उहाँ बफादार तर, गिरिजा बाबुलाई भड्खालोमा जाक्ने सुशील जी नै हो । बहुदल आउनेवित्तीकै भन्देखीनलाई त्यो दरबारको मान्छे मोहन चापागाईलाई किचेन क्याबिनेटमा हुल्ने उहाँ नै हो । बाहिर राष्ट्रवादी भन्छन्, भित्र भित्र उहाँ दक्षिणतीरकै बफादार हो । तर, बफादारी निभाउन पनि जान्नुप¥यो । ढँग पनि हुनुप¥यो । उहाँ समाधान हैन आफै समस्या हुनुहुन्छ ।’
देउवाले चुस्कीको सुरमा भने, ‘मैले महाकाली सन्धी पारित गराको हैन ? त्यत्रो विरोध थियो भन्देखिनलाई, मैले कसरी मिलाएँ ? अब सँविधान बनाउन पनि सहमती हुनुपर्छ । सबैलाई मिलाउनुपर्छ । सुशील जीमा त्यो सहमतीको नेचर नै छैन । उहाँ एक्लै गर्न खोज्छु भन्नुहुन्छ । गृह दिन्न भन्नुभो, सरकार नै बन्न सकेन । यस्तो चालले कहिलेसम्म ? उहाँ कस्तो प्रधानमन्त्री ? मन्त्री बिना पनि प्रधानमन्त्री हुन्छ ? एउटा त्यो दारी (रामशरण महत) लाई झुन्डयाएर कहिलेसम्म चल्छ ?’
www.ratopati.com

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget