news and more entertainment

खरेलको अप्रेसनमा ५० 'गुण्डा' नामावली सहित को को कसरि समातीए


५ फागुन,काठमाडौ। काठमाडौं प्रहरीले थालेको गुन्डागर्दीविरुद्धको अभियानमा ५० भन्दा धेरै पक्राउ परेका छन् । व्यवसायीलाई धम्क्याएर असुली गर्दै आएका चलेका गुन्डाका नाइकेदेखि टोले गुन्डासम्म प्रहरी खोरमा परेका छन्
महानगरीय प्रहरी परिसर काठमाडौं तथा मातहतका प्रहरी वृत्तले दुई सातायता गुन्डागर्दीविरुद्धको अपरेसन थालेका हुन् । सबैजसो वृत्तको हिरासतमा अहिले गुन्डागर्दीमा संलग्नहरू थुनामा छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश खरेलले गुन्डागर्दीविरुद्धको कारबाहीलाई पहिलो प्राथमिकतामा राखेर अभियान सुरु गरेपछि वृत्तका प्रमुखहरू स्थानीय गुन्डाहरूको सूची खल्तीमा राखेर खोजीमा लागेका छन् ।
काठमाडौं परिसरले बलराम सापकोटा बलेलगायत चारजनालाई पक्राउ गरिसकेको छ । महाराजगञ्ज क्षेत्रमा गुन्डागर्दीमा सक्रिय दीपक तालु पनि पक्राउ परिसकेका छन् ।
हानगरीय प्रहरी वृत्त स्वयम्भूले हाउजिङ तथा जग्गा व्यवसायीलाई धम्क्याएर पैसा असुलेको आरोपमा कान्छा लामालाई शनिबार पक्राउ गरेको छ । काभ्रे बल्थली घर भएका उनले बालाजुका गुन्डागर्दीका नाइके माइला लामानिकट रहेर व्यवसायीलाई धम्क्याउँदै आएका थिए ।
पहिला दीपक मनाङे र गणेश लामाको निकट भएर गुन्डागर्दीमा लागेका कान्छा लामा ठमेलमा रहेको बियर बारका सेयरधनी पनि हुन् । उनलाई छुटाउन कांग्रेसदेखि मधेसी जनअधिकार फोरम नेपालका सभासद्हरू स्वयम्भू वृत्त पुगेका थिए । गत असारमा काभ्रेको खावामा २५ किलो सुन लुटपाटमा पनि उनी संलग्न भएको हुनसक्ने आशंकामा अनुसन्धान अघि बढाइएको वृत्तका प्रमुख डिएसपी दयानिधि ज्ञवालीले बताए ।
त्यस्तै, हल्चोक क्षेत्रमा गुन्डागर्दी गर्दै आएका बबाली राम भनिने राम तामाङ पनि पक्राउ परेका छन् । उनले खासगरी काठमाडौंबाट दिल्ली जाने बसहरूबाट पैसा असुल्दै आएका थिए ।
>सीतापाइला क्षेत्रमा व्यवसायी तथा स्थानीयलाई धम्क्याउँदै आएका तुलसी थापा पनि पक्राउ परेका छन् । स्वयम्भू प्रहरीले इंचगुनारायण क्षेत्रमा गुन्डागर्दी गर्दै आएका वासु गुरुङ र रमेश गुरुङलाई पनि पक्राउ गरी थुनामा राखेको छ । उनीहरू सबैले स्थानीय हाउजिङ, यातायात तथा रेस्टुरेन्ट व्यवसायीहरूलाई धम्क्याउँदै आएका थिए ।
पक्राउ परेका सबैविरुद्ध प्रहरीले केही सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाएको छ । यस्तो मुद्दामा उनीहरू सामान्य धरौटीमा नै छुट्ने गरेका छन् । पीडित व्यवसायीहरू पनि गुन्डागर्दीका नाइकेहरूविरुद्ध लिखित जाहेरी दिन डराउने गरेका छन् ।
महाराजगञ्ज क्षेत्रमा गुन्डागर्दी गर्दै आएका तेजेन्द्र गुरुङ दुई साताअघि नै पक्राउ परिसकेका छन् । सो क्षेत्रमा गुन्डागर्दीमा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी भएको र अधिकांश उपत्यकाबाहिर भागेको महाराजगञ्ज वृत्तका डिएसपी प्रभु ढकालले बताए ।
गौशला प्रहरीले पनि गुन्डागर्दीको आरोपमा पाँचजनालाई थुनामा राखी कारबाही अघि बढाएको छ । सिनामंगल क्षेत्रका मेनपावर व्यवसायीलाई धम्क्याउँदै आएका सुमन थापालाई पक्राउ गरिएको वृत्तका प्रमुख डिएसपी अभिनारायण काफ्लेले बताए ।
महानगरीय प्रहरी वृत्त सिंहदरबारले पनि १० जनालाई पक्राउ गरिसकेको छ । थापाथली र बानेश्वर क्षेत्रका व्यवसायीलाई धम्क्याउँदै आएका रिंकी भनिने रिंकज लिम्बू तथा पुरानो बसपार्क क्षेत्रमा गुन्डागर्दी गर्दै आएका लक्षु भनिने सुरज न्यौपाने पक्राउ परेका छन् । गुन्डागर्दीमा संलग्न अन्य आठजना पनि थुनामा रहेको सिंहदरबार वृत्तप्रमुख डिएसपी होमिन्द्र बोगटीले बताए
बानेश्वर क्षेत्रमा गुन्डागर्दी गर्दै आएका ११ जनालाई पक्राउ गरी कारबाही थालिएको बानेश्वर वृत्तका डिएसपी रेवती ढकालले बताए । गुन्डागर्दीका नाइकेहरू पञ्चे लामा, टोकल लामालगायत तीनवटा समूह बानेश्वर वृत्तको हिरासतमा छन् । केही दिनअघि शंखमुलको बागमती अर्पाटमेन्टमा पैसा माग्न गएका वेला आठजनाको समूह पक्राउ परेको थियो ।
अन्य नाम चलेका गुन्डाका नाइकेहरूसमेत पछिल्लो समय सतर्क भएका छन् । केही भने उपत्यकाबाहिर भागिसकेका छन् ।नयाँ पत्रिकाबाट
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget