news and more entertainment

सिटीका खेलाडीहरुले रोक्लान मेस्सी र नेयमारलाई ?

६ फागुन, काठमाडौं । च्याम्पियन्स लिग फुटबलको पि्रक्वाटरफाइनलमा आज राति बार्सिलोना र म्यानेचष्टर सिटी भिड्दैछन् । स्पेनिस क्याटलानले प्रिमियर लिगको लिडर सिटीसँग उसकै घरेलु मैदानमा नेपाल समय अनुसार राति  साढे १ बजे खेल्नेछ ।
यो भिडन्तअघि म्यानचेष्ट सिटीले चेल्सीलाई २-० ले पराजित गरेको छ भने बार्सिलोनाले रायो भालेकानोलाई ६-० ले पाखा लगाएको छ । दुबै टोलीले त्यही स्तरको खेल्ने हो को कसले जित्छ सहजै अनुमान लगाउन मुस्किल हुने फुटलब पण्डितहरु बताउछन् ।
बार्सिलोना सफल युरोपियन टिम मध्ये एक हो । उसले पछिल्लो पटक २००९ र ०११ मा च्याम्पियन्स लिगको उपाधि जितेको छ । तर, त्यसपछिका दुई सिजन सेमिफाइनलसम्म मात्र पुग्यो ।
त्यसैले होला चेल्सीका प्रशिक्षक जोजे माउरिन्हो बार्सिलोना अहिले पछिल्ला वर्षहरुमा सबैभन्दा खराब र्फममा भएको बताउँछन् । बार्सिलोनाको चिरप्रतिद्वन्द्वी रियल मडि्रडका पूर्व प्रशिक्षक समेत हरेका उनी सिटीको सम्भावना रहेको बताउँछन् ।
man-city
बार्सिलोना पनि सिटीसँगको उसकै खरेलु मैदान इत्तेहादमा खेल्ने केही डराएको देखिन्छ । इमयानुअल पेलेगि्रनीले क्लबको सम्हालेपछि सिटीले घरेलु मौदानमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । यो सिजन उसले चेल्सीसँगको १-० को हार बाहेक इत्तेहादमा कुनै खेल गुमाएको छैन ।
तर, आज सिटीले अर्जेन्टिजी सर्जिओ एग्युरोको अभाव महसुस गर्नेछ । उनी चोटका कारण मैदान बाहिर छन् । फर्डिनान्हो भने चोटमुक्त भए आजको खेलका लागि फिट भएका छन् । सिटीमा बार्सिलोनाका पूर्व स्टार याया टोरे, स्पेनबाट यो सिजन सिटी आएका अल्भारो नेगार्ड, स्पेनका डेभिड सिल्भा जस्ता स्टार खेलाडी छन् ।
तर, म्यानचेष्टर सिटीका लागि पनि आजको खेल सहज छैन । युरोपको सफल क्लबसँग खेल्न पाउन जति महत्वपूर्ण छ, पहिलो पटक समूह चरण पार गरेको उसलाई बार्सिलोनासँगको भिडन्त त्यति नै कठिन पनि छ ।
बार्सिलोनाका अर्जेन्टिनी स्टार लिओनल मेस्सी चेटमुक्त भएपछि अहिले राम्रो र्फममा देखिएका छन् । उनलाई साथ दिन ब्राजिलियन स्टार नेयमार पनि फिट छन् । चोटमुक्त भएलगतै उनले रायो भालेकानोबीचको खेलमा उत्कृष्ट गोल गरेका थिए ।
टिकटिका शैलीमा उत्कृष्ट फुटबल खेल प्रर्दशन गर्दै आएको बार्सिलोनाका फेबि्रगास, पेड्रो, जाभी, इनिष्टा, पिके जस्ता स्टार खेलाडीहरु पनि सिटीविरुद्धको खेलका लागि तयार छन् ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget