news and more entertainment

महतले पनि गृह मागेपछि कोइराला टेन्सनमा

दलीय सहमति नजुटदा आज हुने भनेको मन्त्रीपरिषद विस्तार रोकिएको छ । काग्रेसमा मन्त्री हुन चाहनेहरुको सुचि लामो हुनुका साथै बरिष्ठता विवाद देखिएपछि मन्त्रीपरिषद विस्तार अन्योलमा परेको हो ।
प्रधानमन्त्री सुशील कोइरालाले एमालेले मन्त्रीको सुचि नपठाए काग्रेसका मात्र भएपनि मन्त्रीहरु थप गरेर आज मन्त्रीमण्डल विस्तारको तयारी गरेका थिए । गृह विवादका कारण एमालेले सरकारमा सहभागि नहुने अडान कायम नै राखेको छ
काग्रेसमै गृह मन्त्रालयको दाबेदार थपिएपछी प्रधानमन्त्री कोइरालाको 'टेन्सन' थप बढेको छ। प्रधानमन्त्रीपछिको दोस्रो बरियतामा रहेका उपप्रधान तथा गृह मन्त्रालयमा महामन्त्री प्रकाशमान सिंह र विना विभागीय मन्त्री रामशरण महतले दावि गरेपछि कोइराला अफ्ठयारोमा हुन् ।
पार्टी महामन्त्री भएकाले दोस्रो स्थान आफुले पाउनुपर्ने सिंहको तर्क छ भने महतले धेरै पटक अर्थ मन्त्रालय सम्हाली सकेकाले अव उपप्रधान तथा गृह आफुले पाउनुपर्ने अडान राखेका छन् ।
आज दिनभर एमालेसँग सहमतिको प्रयास गर्ने सहमति नभए शुक्रवारसम्म काँग्रेसले एक्लै भए पनि मन्त्रीमण्डल विस्तार गर्ने तयारी गरेको छ । मन्त्री चयनका लागि भोली विहान काग्रेसले संसदीय र्बोड बैठक समेत बोलाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget