news and more entertainment

काठमाडौको यी ठाउहरुमा ८५ करोड ७२ लाख रुपैयाँको यौन व्यापार

फागुन ७ ,काठमाडौंमा बाहिर नदेखिने गरी भित्रभित्र अनियन्त्रित रूपमा फैलिइरहेको छ, यौनबजार । नेपालमा वेश्यावृत्तिलाई कानुनी मान्यता नदिइएको भए पनि यो धन्दामा प्रत्येक महिनामा अर्बौं लेनदेन हुन्छ । यही भएर

होला, नेपालमा पनि रेडलाइट एरिया तोकी यो व्यवसायलाई कानुनी दायरामा ल्याउनुपर्ने आवाज वेलाबखत सुनिने गरेको छ ।
पर्यटन व्यवसायीको भनाइलाई पत्याउने हो भने, प्रत्येक महिना काठमाडौंमा ८५ करोड ७२ लाख ५० हजार रुपैयाँको यौन व्यापार हुन्छ । यो आँकडा काठमाडौंमा सञ्चालित मनोरञ्जन क्षेत्र र गेस्ट हाउसको मात्रै हो । मनोरञ्जन क्षेत्रअन्तर्गत डान्सबार, क्याबिन, मसाज, दोहोरी साँझ, खुला रेस्टुरेन्ट, डिस्को आदि पर्छन् भने गेस्ट हाउसअन्तर्गत राजधानीका तारेहोटलबाहेक बस्ने प्रबन्ध भएका होटल पर्छन् ।
ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष समीर गुरुङका अनुसार काठमाडौंमा सञ्चालित मनोरञ्जन क्षेत्रमा ६० हजारजनाले प्रत्यक्ष रोजगार पाएका छन् । त्यसमध्ये ७५ प्रतिशत कामदार महिला छन् भने त्यसको २५ प्रतिशत महिला यौन व्यवसायमा संलग्न छन् । उनले भने, ‘रात्रिकालीन व्यवसाय भनौँ या मनोरञ्जन क्षेत्र । ६० हजारले प्रत्यक्ष रोजगार पाएको हामीसँग तथ्यांक छ । त्यसमध्ये धेरै महिला छन् । उनीहरू क्लिनर, वेटर, क्याप्टेन, गायिका, मसाजकर्तालगायत विभिन्न काममा आबद्ध छन् ।’
परिषद्का उपाध्यक्ष गुरुङको भनाइलाई आधार मान्दा राजधानीमा सञ्चालित मनोरञ्जन क्षेत्रमा मात्रै ४५ हजार महिला विभिन्न काममा संलग्न छन् । उनीहरू मध्ये २५ प्रतिशत महिला यौन व्यवसायमा संलग्न हुन्छन् भन्ने गुरुङको भनाइअनुसार त्यो संख्या ११ हजार दुई सय ५० हुन आउँछ । गेस्ट हाउसले भाडा र युवतीले एकपटक सेवा दिएबापत न्यूनतम १५ सय रुपैयाँ लिन्छ । यस आधारमा प्रत्येक रात मनोरञ्जन क्षेत्रमा काम गर्नेहरूबाट मात्रै एक करोड ६८ लाख ७५ हजार रुपैयाँ व्यापार हुने देखिन्छ । यस आधारमा हेर्दा प्रत्येक महिना यस क्षेत्रमा न्यूनतम ५० करोड ६२ लाख ५० हजार रुपैयाँको कारोबार हुन्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget