news and more entertainment

अम्बानीको पार्टीमा अभिषेक र ऐश्वर्याको झगडा


केही दिनअघि भएको एक पार्टीमा नायीका ऐश्वर्या र नायक अभिषेकबीच झगडा भएको छ । भारतीय सञ्चारमाध्यमहरूले स्रोतलाई उत्धृत गर्दै उनीहरूबीच निकै लामो बहस नै चलेको बताएका छन् ।
पार्टी अम्बानी परिवारले आफ्नी आमा कोकिलाबेनको जन्मदिनमा गत शनिबार राती दिएका थिए । यही समयमा बलिउडका धेरै कलाकारहरूको उपस्थिति रहेको थियो । अभिषेक र ऐश्वर्याबीचको झगडाको विषयबारे केही थाहा नभएपनि पार्टीमा झगडा भने भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
ऐश्वर्याका नजिकका आफन्तका अनुसार ऐश्वर्याको चलचित्रको संसारमा फर्कने कुराले उक्त बहस चलेको हो । ऐश्वर्या परिवारबाट छुट्टिन चाहेको समाचार पनि चलचित्रमा फर्कने कुराकै उपज भएको बच्चन परिवार निकट एक आफन्तले बताएका छन् ।
उक्त पार्टीमा नायीका ऐश्वर्या र उनकी सासु जयाले एक-अर्कालाई वेवास्ता गरिरहेको दृश्य देखिएको बताइएको छ । पार्टीमा पुरै परिवार एकसाथ पुगेको थियो । तर, दुवै सकेसम्म एक-अर्काबाट टाढा रहने प्रयासमा देखिएका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget