news and more entertainment

फुटबल खेलाडी वेयनी रुनीकी श्रीमतीको चाला देखेर सबै छक परे

फुटबल खेलाडी वेयनी रुनीकी श्रीमती कुलेन रुनी आफ्नो छोरा क्ले र केईलाई लिएर आफ्ना अभिभावकका साथ बारबाडोस पुगेकी छन् । दुई बच्चाकी आमा भए पनि कुलेनलाई थाहा छ आफूलाई कसरी स्टाइलिस देखाउनुपर्छ भन्ने थियो । त्यसैले त उनले आप्नो रोयल लुक कायम राख्नका लागि निकै सेक्सी देखिने स्नेक प्रिन्टेड बिकिनी लगाएकी थिइन् । जसमा उनी उत्पात सेक्सी देखिन्थिन् । २७ वर्षीया कुलेन सेन्डी लेन रिसोर्टको बिचमा आफ्नो नौं महिनाको छोरा क्ले र ४ वर्षका केईका साथ मस्तीमा थिइन् । यद्यपि उनका श्रीमान रुनी भने यतिबेला फुटबल प्रतियोगितामा व्यस्त छन् । कुलेन आफ्ना सन्तानलाई पानीमा खेल्ने बानी बसाल्न चाहन्थिन् । त्यसैले उनले दुई छोरालाई पानीमा खुब खेलाइन् ।
त्यसो त कुलेनलाई यो बिच निकै मनपर्छ । त्यसैले उनी वर्षमा कम्तीमा पनि एक पटक यहाँ आउने गर्छिन् । कुलेनकी आमा कोलेट पनि आफ्नी छोरीको परिवारका साथ मस्तीमा थिइन्। उनले आफ्नी छोरी र नातिसँग धेरै तस्वीर पनि लिइन् । कुलेन यो स्थानमा वर्षमा दुई तीन पटक आउने गर्छिन् । तर, सन् २०१२ मेयता उनालाई यहाँ पहिलोपटक देखिएको हो । बच्चाहरुले पनि आफ्नो हजुरबा हजुरआमासँग खुब मस्ती गरे। यो हेर्दा उता फुटबल मैदानमा दौडिरहेका पिता रुनीलाई मिस नगरेझै देखिन्थ्यो।Coleen-Rooney-4
 एजेन्सी Coleen-Rooney

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget