news and more entertainment

ममा युबराज हुने बिशेसता छैन राजतन्त्र समाप्त भएकोमा कुनै पछुतो छैन पारस

नेपालका पूर्ब युबराजधिराज पारस शाहले आफु नेपालमा बस्न नजन्मेको भन्दै राजतन्त्र समाप्त भएकोमा कुनै पछुतो नभएको बताएका छन । बिभिन्न हत्कन्डा गरेर समय समयमा चर्चामा आइरहने पारसले आफुले कहिले कांही नेपाल लाई मिस गर्ने भने बताएका छन ।
आफु फ्री लाइफ बिताउने मानिस भएको कारण आफुमा युबराज हुने बिशेसता नभएको बताएका छन यधपि आफु बिशेष परिस्थीतीले युबराज बनेको दाबी गरेका छन ।
बिगत तिन बर्ष देखि राजसंस्था भएको मुलुक थाईल्याण्डमा बस्दै आएका पारस गम्भीर बिरामी पर्दा नेपालीहरुले दिएको आशिर्बादका कारण आफु बाच्न सफल भएको समेत बताएका छन । हिमालय टीभी लाई अन्तर्बार्ता दिदै पारसले आफु नेपाली क्रिकेट टीमको प्रगति देखेर प्रसन्न भएको समेत बताए ।
>आफुहरुले नै नेपाली टीम लाई बिभिन्न देशमा आफ्नै पालामा ट्रेनिंगमा पठाएकोले क्रिकेटमा सफलता मिलेको समेत भन्न भ्याए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget