news and more entertainment

नेपालका गरिबहरुले अब घर सितैमा ! १० लाख गर बाडिने

८ फागुन, विराटनगर । सन् २०२० सम्ममा ह्याविट्याट फोेर होम्युनिटीले नेपालका विभिन्न जिल्लाका विपन्न परिवारलाई १० लाख घर निर्माण गरिदिने भएको छ ।
संस्थाले देशका विभिन्न भागमा सन् २०२० भित्रमा एक लाख घर निर्माण गरी वितरण गरिसकेको जानकारी आज विराटनगरमा आयोजित एक गोष्ठीमा दियो ।
सो संस्थाका प्रतिनिधि अरुणा पलले नेपालमा गरिब परिवारको सुरक्षित बसोवासका लागि संस्थाले घर निर्माण गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा लघु वित्त विकास केन्द्रका वरिष्ठ प्रबन्धक राजदयाल राजवंशीले नेपालमा ५६ लाख घरपरिवार रहेकामा १० लाख घर फुस एवम् परालका छानाले छाएको, ३९ प्रतिशत घर बाँसको घेराले बेरेको र ३९ प्रतिशत घरमा शौचालय नभएको तथ्याङ्क प्रस्तुत गर्नुभयो ।
कार्यक्रमअन्तर्गत नेपाली जनतालाई घर निर्माणका लागि जीवन विकास परियोजना, सहारालगायत विभिन्न लघु वित्त परियोजनाले विपन्न परिवारलाई रु एक लाखसम्म बिना ब्याज ऋण उपलब्ध गराउँदै आएको छ ।
जीवन विकास तथा ह्याविट्याटको संयुक्त आयोजनामा दुई दिनसम्म चल्ने सो गोष्ठीमा ७५ जिल्लाका लघु वित्तको क्षेत्रमा काम गर्ने सङ्घसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको छ । रासस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget