news and more entertainment

राजधानीमा बिहे, विश्वका धनी र भारतीय मन्त्री विमान चार्टर गरेर आए

काठमाडौं ६ फागुन, भारतीय मन्त्रीहरुसहित उद्योगपतीहरु काठमाडौमा जम्मा भएका छन् । विवाह समारोहमा सहभागि हुने निजी विमान समेत लिएर उनीहरु काठमडौमा आइपुगेका छन् । भारत उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेशकुमार यादव,सिंचाई मन्त्री शिवपालसिंह यादव,जेलमन्त्री राजेन्द्र चौधरी,बिधानसभाका सभामुख माताप्रसाद पाण्डे र धनाढय लक्ष्मी मित्तल बिमान चार्टर गरेर हिजो नै काठमाडौं आइसकेका छन् । मुख्यमन्त्री यादवले प्रधानमन्त्री सुशील कोइरालासँग पनि भेट गरिसकेका छन्। उनीहरुसहित करीव एक हजार भारतीय बिहिबारसम्म काठमडौंमा नै रहनेछन । भारतीय व्यापारी विवेक र सुमेधा सराबगीका छोरा करण र हायात होटलका मालिक राधेश्याम सराफकी नातिनी तनासाको विवाहका लागि उनीहरु काठमाडौं आएका हुन । उनीहरुका लागि काठमाडौंका अधिकाँश तारे होटल बुकिङ गरिएको छ । भारतीय पाहुनाको मनोरञ्जनका लागि मुजरा र डिस्कोका नर्तकी भारत र पाकिस्तानबाट ल्याइएको छ । भारतीय र जापानी डिजाइनरले विवाह मण्डप करीव एक करोड रुपैयाका फूल भारत र हल्याण्डबाट ल्याइएको छ । खाना तयार गर्ने ३५ जना भान्छे पनि भारतबाट आएका छन । विवाहमा प्रधानमन्त्री सुशील कोइराला र पूर्वराजा ज्ञानेन्द्र शाह पनि सहभागी हुनेछन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget