news and more entertainment

लुटेराले लगानी गरेरै लुटपाट गर्न थाले


९ फागुन, काठमाडौं । झट्ट सुन्दा आश्चर्य लाग्न सक्छ, चोरी, लुटपाट र डकैती जस्ता अपराध पनि लगानी गरेर हुन्छ र ? तर, आधुनिक प्रविधि र शैली अपनाउँदै आजकल लुटेराहरुले केही रकम लगानी गरेरै लुटपाट गर्न थालेका छन् ।

गत माघ २१ गते डियो स्कुटरमा नयाँ सडकमा सपिङ गर्न नयाँ सडक पुगेको मिना (नाम परिवर्तन) ले हाँकेको स्कुटर सामान्य जाम परेका बेला अगाडिबाट एक युवाले पाँच सय रुपैयाँ नोट सडकमा देखाउँदै भने ‘दिदी पैसा खस्यो ।’ स्कुटरमा सवार युवती विस्तारै स्कुटर साइड लगाएर पैसा टिप्न खोज्छिन् । फर्केर आउँदा स्कुटरको ब्याग क्यारियरमा झुण्ड्याएको ब्याग बेपत्ता भइसकेको थियो ।

मिनाको ब्यागमा रहेको सामसुङ ग्यालेक्सी मोवाइल, १० हजार नगद तथा एउटा सुनको औंठी समेत झोतासँगै बेपत्ता भयो । वास्तवमा स्कुटर अगाडि फालिएको पाँच सयको नोट उनको नभए पनि अज्ञात व्यक्तिले आफ्नो स्कुटर अगाडि पाँच सयको नोट देखाउँदा ‘पैसा देख्दा महादेवका तीन नेत्र’ भने झैं ‘हो मेरै हो’ भन्दै जो सुकै टिप्न जान्छ ।

पाँच सय लगानी गरेर केही हजार लुट्ने वास्तवमा लुटेराहरुको काइदा पनि गज्जबकै रहेछ । दुईदेखि पाँच जनासम्मको समूहमा बस्ने लुटेराहरुले महिलाको हाउभाउ, उसको शैलीलाई हेरेर स्कुटरको ब्याग क्यारियर रहेको ब्याग हात पार्ने पक्का भएपछि समूहमध्येको एकले अगाडि गएर सुटुक्क पैसा खसाली दिने र साइड लाग्ने, दोस्रोले ‘दिदी तपाईंको पैसा खस्यो’ भनेर प्रलोभनमा पार्ने बेपत्ता हुने । स्कुटरबाट ओर्लेर पाँच सयको नोट टिप्न गएका बेलामा स्कुटरबाट ब्याग निकालेर भाग्ने गरेको शैली पछिल्लो समय प्रहरीले ट्रेस गरेको महानगरीय प्रहरी वृत्त जनसेवाले जानकारी दिएको छ ।

पछिल्लो समय दर्जन भन्दा बढी महिला यस्तो समस्या लिएर आएको वृत्तले जनाएको छ ।
- आर्थिक दैनिक

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget