news and more entertainment

अविवाहित युवतीहरु गर्भपतन गराउदै, कसरी बस्यो त कुमारी अबस्थामा नै गर्भ ?

६ फागुन, डोटी । बिबाह अघि नै केटा साथीको गर्भाधारण गर्ने बझाङका अधिकांश अविवाहित युवतीहरुले आफ्नो ज्यानलाई जोखिममा पारी असुरक्षित गर्भपतन गर्ने गरेका छन ।


बिबाह अघि नै गर्भवती बनेका युवतीहरुले स्वास्थ्य संघ संस्थाहरुमा नगई स्थानीय औषधि पसलहरुबाट औषधि लिई असुरक्षित रुपमा गर्भपतन गर्ने गरेको पाइएको छ ।

जिल्ला अस्पताल बझाङको तथ्याङक अनुसार अस्पतालमा सुरक्षित गर्भपतन गराउनेको संख्या बर्षमा ३० देखि ५० रहेको छ । त्यसमध्ये १२ जना जति अविवाहित युवती हुने गर्छन् । अविवाहित युवतीहरुले लुकिछिपी मेडिकलमा आएर गर्भपतनको औषधि किनेर असुरक्षित रुपमा गर्भपतन गर्ने गरेको सदरमुकाम चैनपुरका मेडिकल सञ्चालकहरु बताउँछन ।

पछिल्ला बर्षहरुमा गर्भपतन गराउने विवाहित महिलाहरु जस्तै अविवाहित युवतीहरु पनि आउने गरेको नाम खुलाउन नचाहेक मेडिकल सञ्चालकले बताए । ‘हामीहरु कानुनले छुट दिएको छ, सुरक्षित रुपले गर्भपतन गर्न जिल्ला अस्पताल जाउ भन्छौ’ उनले भने ‘तर युवतीहरु लाजले त्यहाँ जानुको साटो हामीसँगबाट औषधि लिएर गर्भपतन गर्छन, हामीले के गर्ने ?’

ती स्वास्थ्यकर्मीका अनुसार बिशेष गरी उच्च माध्यमिक तह तथा क्याम्पस पढ्ने २० वर्ष मुनिको अविवाहित युवतीहरुले असुरक्षित गर्भपतन गर्ने गरेका छन । बिबाह अघि नै यौन सम्बन्ध बनाउने क्रम बढेको तर सुरक्षित यौन सम्पर्कप्रति जनचेतनाको कमी भएको स्वास्थ्यकर्मीहरु बताउँछन ।

नेपाल सरकारले गर्भपतनलाई कानुनी मान्यता दिएकाले बिबाहित महिलाहरु जिल्ला अस्पतालमा आएर तालिम प्राप्त स्वास्थ्यकर्मीबाट गर्भपतन गराउने गरेपनि अविवाहित युवतीहरु लाजले गर्दा अस्पतालमा नआउने गरेको जिल्ला अस्पताल बझाङकी स्टाफनर्स उमा केसीले बताउनुभयो ।

‘हामीलेले अबिबाहित युवतीको गर्भपतन गराउँदा नाम गोप्य राख्छौं’ उहाँले भन्नुभयो ‘तर जिल्ला अस्पतालमा बढी कर्मचारी र भिडभाड हुने भएकाले सार्वजनिक हुन्छु भन्ने डरले युवतीहरु अस्पतालमा आउँदैनन ।’

असुरक्षित रुपमा मेडिकलमा गर्भपतन गराउनु हुँदैन । यसले गर्भ पतन गराउने बेलामा नै ज्यान जोखिममा पार्नुको साथै अविवाहित युवतीहरुमा पछि गएर बाँझोपन हुने, साल पाठेघरमा अड्किने लगायतका समस्या हुन सक्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget