news and more entertainment

आफ्नै छोरीलाई सुतिरहेको बेला बाबुले नै गरे बलात्कार


३ फागुन, खोटाङ ।
 आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा खोटाङका एक व्यक्ति पक्राउ परेका छन् । आफ्नै कोठामा सुतिरहेकी छोरीलाई रातको करिब दश बजे जबरजस्ती करनी गरेको अभियोगमा बाक्सिला–७ का ४० वर्षिय कर्णबहादुर बस्नेत पक्राउ परेका हुन् ।
मावली घर बस्दै आएकी छोरीलाई घरमा आएको मौका पारेर माघ–२९ गते राती जबरजस्ती करनी गरेपछि आफन्तले दिएको उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक गोबिन्दकुमार साहले बताउनुभयो ।
उहाँले भन्नुभयो, –‘बस्नेतमाथि जबरजस्ती तथा हाडनाता करनी अन्तरगतको मुद्दा प्रक्रिया अगाडि बढाइएको छ ।’दुईवटी श्रीमती रहेको बस्नेतले जेठी पट्टीको १४ वर्षीया छोरीलाई करनी गरेको आफन्तले दिएको उजुरीमा उल्लेख छ । पीडितको स्वास्थ्य परीक्षण तथा उपचारका लागि जिल्ला अस्पताल लगिएको छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget