news and more entertainment

प्रहरी बन्न आएकी एक युवतिलाई प्रहरीले नै बलात्कार गरेपछी ( फोटो सहित)

म्यादी प्रहरीमा भर्ना हुन आएकी २३ वर्षीया एक महिलालाई सुरक्षा दिने प्रहरी र सुरक्षा गार्डले नै बलात्कार 
गरेको तथ्य खुलेको छ । झापा जिल्लाकी ती महिलालाई जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी जवान रुपनगर गाविस–८ रघुनाथपुरका २६ वर्षीय राजेश्वर सरदार र नेपाल टेलिकम राजविराजका सुरक्षा गार्ड बदगामा गाविस–३ का २४ वर्षीय चुनचुन भन्ने राजनारायण यादवसमेतले बलात्कार गरेको पीडितले बताएकी छिन् ।

सरदार र यादवसँगै म्यादी प्रहरी भर्नाका लागि आएका सरदारका भाइ रुपनगर गाविस–९ का २३ वर्षीय बालेश्वर सरदार र नाम नखुलेका अर्का एकजना गरी चारजनाले बुधबार राति राजविराज नपा–१ स्थित नेपाल टेलिकमको कार्यालयमा ती महिलालाई बलात्कार गरेका हुन् ।

बुधबार राति १० बजे टेलिकम कार्यालयबाट रुँदै निस्किएकी पीडितलाई म्यादी प्रहरी भर्नाको परिणाम टाँस्न जिल्ला प्रशासन कार्यालय पुगेको सई श्याम सुवेदीको प्रहरी टोली र स्थानीयवासीले सोधपुछ गर्दा पीडितले आफू बलात्कृत भएको बताएकी थिइन् ।


म्यादी प्रहरीमा भर्ना हुन आएकी ती महिलालाई होटल वा लजमा बस्न नदिई टेलिकमको कार्यालयमा ल्याई बलात्कार गरिएको पीडितद्वारा बिहीबार प्रहरीमा दिइएको उजुरी उल्लिखित छ । पीडित महिलाले उजुरी दिएपछि बलात्कारको आरोपमा प्रहरीले बिहीबार राजेश्वर, राजनारायण र बालेश्वरलाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखेको छ भने आरोपित एकजना फरार छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय यादवका अनुसार राजविराज नपा–३ स्थित अञ्चल अस्पतालमा शुक्रबार पीडितको र आरोपितहरूको स्वास्थ्य परीक्षण गरी अनुसन्धान थालिएको छ । घटनामा प्रहरीको संलग्नता देखिएपछि आरोपित प्रहरी जवानको नाम बाहेक अन्यविरुद्ध मात्र उजुरी दिन पीडितलाई दबाब दिइएको बताइन्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget