news and more entertainment

एमालेलाई पाखा लगाएर एमाओवादी च्याप्दै कांग्रेस

काठमाडौं । कांग्रेस र एमालेको सम्बन्ध अझै सुध्रिएको छैन । प्रधानमन्त्रीको कुर्सीमा उक्लिनै लाग्दा गृह मन्त्रालयमा लोप्पा खुवाइदिएपछि एमाले नराम्रोसँग रुष्ट भएको छ । गृह मन्त्रालय नपाएपछि रुष्ट एमालेलाई फकाउन कांग्रेस नेताहरुले आफ्नो बाहुबल प्रयोग गरिरहेका छन् ।

तर, उनीहरुको बाहुबलले केही गर्न सक्ने अवस्था भने देखिदैन । अझै पनि कांग्रेस नेताहरु एमालेलाई मनाउन खटिएका छन् । कांग्रेस प्रचार विभाग प्रमुख मीनेन्द्र रिजालले एमालेलाई सरकारमा ल्याउने प्रयास जारी रहेको बताए ।

गृह विना सरकामा टेक्दैनौ

हामी अझै एमालेलाई सरकारमा ल्याउने प्रयास गरिरहेको छौं, नेपाल सन्देशसँग उनले भने ‘गृह मन्त्रालय नदिएरै मनाउने अन्तिम प्रयास छ ।’ तर एमाले गृह विना सरकारमा नजाने आफ्नो स्पष्ट अडान लिएको छ ।

सरकार गठनको समयमा आफूसँग गरिएका सम्झौंता उलघंन गरेको एमाले सचिव विष्णु पौडेलको भनाइ छ । उनले भने ‘सहमति गरी सरकारमा जानलाई लिखित तथा अलिखित गरिएको सहमतिबाट कांग्रेसपछि हट्यो, अब सरकारमा जाँदैनौं ।’ गृह मन्त्रालय एमालेले पाउनु भन्दा पनि दुई दलबीच भएको सहमति पालना नगर्नु दुर्भाग्य भएको उनको भनाइ छ ।

राष्ट्रपतिको चुनाव हुनु पर्छ भन्ने एमालेले आफ्नो अडान छाडेर सरकारमा सहभागी हुन तयार भएपछि अहिले पनि गृह नपाए एमाले सरकारमा सहभागी हुन्छ भन्ने मान्यतामा कांग्रेस नेताहरु छन् । तर गृह नपाए सरकारमा सहभागी हुने कल्पनानै गर्न नसकिने एमाले नेताहरुको भनाइ छ ।

यही अवस्थाको कांग्रेस र एमालेबीच सहमति हुन नसके कांग्रेस एमाओवादीलाई सरकारमा ल्याउने मनस्थितिमा रहेको कांग्रेसका एक वरिष्ठ नेताले बताए । एमाओवादी पनि एमाले सरकारमा नगए आफू जाने रणनीतिमा लागेको बताइन्छ । कांग्रेस र एमालेको झगडालाई साम्य पार्न एमाओवादी सरकारको खुट्किलो चड्ने दाउमा छ ।

एमाओवादी मौकाको दाउमा

एमाओवादीका नेता दीनानाथ शर्मा पनि एमाओवादी सरकारमा जाने सम्भावना रहेको बताउँछन् । सरकारमा जाने नजाने त्यो सबै परिस्थितिले निर्धारण गर्छ, शर्माले भने ‘हामी र कांग्रेसबीच सहमति भएर सरकारमा जाने अवस्था पनि आउन सक्छ ।’

एमाओवादी सरकारमा जाने मौका हरेर बसेको देखिन्छ । प्रधानमन्त्रीको सिडीमा उक्लिन बलियो साथ दिएको एमालेलाई लत्याएर विपक्षमा मतदान दिएको एमाओवादीलाई साथ लाउँदा कांग्रेस र एमाओवादीको सहकार्य लामो समय रहला ? यो प्रश्न पनिसँगै झुण्डिएको छ ।

www.nepalsandesh.com
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget