news and more entertainment

नयाँ बसपार्क ‘लुट’ को अखडा, ज्यान खतरा

ईश्वर ढकाल ।
 काठमाडौंस्थित नयाँ बसपार्क नेपालको सबभन्दा धेरै मानिसको चहलपहल हुने स्थान हो । मानिस ओहोरदोहार गर्ने हवाइमार्गपछिको विकल्प भनेकै सडक यातायात हो र त्यसका लागि बसपार्क नै हो मानिस
चढ्ने र ओर्लने । बसपार्कमा सडक यातायात प्रयोग गर्ने मानिसको निकै ठूलो आवतजावत हुन्छ । धेरै ठूलो मात्रामा धनमाल बोकेर सवारी गर्नुपर्ने मानिसको पनि अन्तिम विकल्प बसपार्क नै हुन्छ । बसपार्क सुरक्षित, विश्वासिलो, सहज र सेवादायिक हुनु पर्छ । सामाजिक र आर्थिक हिसावले अति संवेदनशिल क्षेत्र पनि हो बसपार्क तर काठमाडौंको नयाँ बसपार्क त्यस्तो छैन । सुरक्षाको अनुभूति गर्नुपर्ने बसपार्कमा पुग्ने मानिसहरु आफूलाई एकदमै असुरक्षित महसुस गर्दछन् र आफ्ना धनमालहरु काँखी च्यापेर बस्छन् नत्र आँखा झिमिक्क माल गायव हुन्छ । चोरी, डकैती, लुटपाट, ठगी र जालि धन्दाको कारण अहिले काठमाडौंको नयाँ बसपार्क क्षेत्र एकदमै असुरक्षित महशुस हुन्छ । प्रहरीको कम्याट ड्रसकै अगाडी पनि सुरक्षाको अनभूति हुँदैन् । अरुले पाएको दुःखको कुरा छाडौं, अनुभव बटुल्न आफै सो क्षेत्रमा जानुस देख्न सकिन्छ डान गिरी, यौन धन्दा, जालि कारोवार, लुटपाट र ठगी आफ्नै आँखाले । तर पनि नयाँ बसपार्क क्षेत्रमा दुःख भोगेका केही मानिसहरुले पीडाको काहानी यस्तो छ । गोरखा लाप्रराकका यामबहादुर घले नयाँ बसपार्क अगाडि जंगिदै थिए । ‘जाबे एउटा बियरको २२ सय पर्छ ? मैले खाएको एउटा बियर हो । त्यसको तिर्छु अरु तिर्दिन ।’ घलेले दुरसंचार नजिकैको रेष्टुरेन्ट एण्ड बारमा केटीहरुले जवरजस्ति तानेर क्याबिनभित्र लगेपछि एउटा बियर खाएका थिए तर बिल भने २२ सय आएछ । उनी कराउँदै थिए बसपार्क क्षेत्रका क्याबिनका बंसरहरु तुरुन्तै आए र उनलाई त्याही क्याबिनमा लिएर गए सायद उनले २२ सय नै तिर्नु पर्यो । त्यस्तै त्रिशुलीका मेहन तामाङ पनि नयाँ बसपार्कमा ठगिएका छन् । उनको रिङ खेलेर धेरै पैसा मार्ने आशै आशमा गोजी रित्तो भयो । बसपार्कको पेट्रोल पम्प नजिक रिङमा राखिएको हजार हजारको नोट पार्ने दाउमा ५०, १०० गर्दै जाँदा उनीसँग भएको तीन हजार रुपैयाँ झ्वाम भयो । यो त प्रतिनिधि घटनामात्रै हो नयाँ बसपार्कमा बलजस्ति पैसा उठाउने, जादु देलाएर मानिसलाई रगत छदाइदिन्छु भन्दै पैसा अशुल्ने, लुटपाट गर्ने जस्ता धन्दाहरु दैनिक हुने गर्दछन् । तर, सुरक्ष निकाए भने होटलमा यौन लिलामा लिप्त जोडी मात्रैलाई देख्छ, स्थानीय डनहरुको दादागिरी हेरेर बस्छ मात्रै । यो विषयमा प्रहरीले भने आफू कहाँ आएका सबै समस्याहरुको समाधान गर्ने गरेको बताएको छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget