news and more entertainment

साउदी राजकुमारले माल्दिब्सका ३ वटै टापु बुक गराएपछि पर्यटकहरुको बिचल्ली

साउदी अरेवियाका राजकुमार सलमान विन अब्दुलाजिज अल
साउदले माल्दिव्सका सबै विदा मनाउने आइल्याण्ड रेजोर्टहरु बुक गराएपछि विदेशी पर्यटकहरु समस्यामा परेका छन् ।
राजकुमार सलमान विनले १ करोड ८० लाख पाउण्ड स्टर्लिङमा तीन टापु रेजोर्ट बुक गराएको बताइएको छ ।
अनान्तारा दिघु फेव्रुअरी १९ देखि मार्च १५ सम्मका लागि राजकुमार सलमान विन एक्लैले बुक गराएका छन् । 
सबै पर्यटकीय टापुहरु बुक भएपछि विदेशी पर्यटकहरुलाई उनीहरुको बुकिङ रद्ध गरेको जानकारी दिइएको छ ।
साउदी राजकुमार सलमान विन भित्रै अस्पताल
र १०० जना अंगरक्षक भएको विशाल जहाज चढेर माल्दिब्स जाने त्यहाँको एक अनलाइनले जनाएको छ । 
तर उनका कारण हजारौं विदेशी पर्यटक मर्कामा परेका छन् ।
साउदी अरेवियाको बिदेश मन्त्रालयले राजकुमार सलमान विन माल्दिब्स भ्रमणमा जान लागेको पुष्टी गरिसेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget