news and more entertainment

सलमान खानलाई अन्डरवर्ल्डको धम्की बलिउड ततायो


बलिउडका हस्तिहरूलाई अन्डरवर्ल्डको धम्की बेला-बेलामा आइरहने गरेको छ । यस्तै, फेरी एकपटक अन्डरवर्ल्डबाट धम्कीका खबरहरू भारतीय सञ्चारमाध्यमहरूमा पुनः एकपटक आएका छन् । यसपटक रवी पुजारीको तर्फबाट यस्तो धम्की आएको समाचारहरुमा जनाइएको छ । अष्ट्रेलियामा बस्ने गरेका पुजारीले सलमान खान, फरहान अख्तरसहित नायीका आयशा टाकियाका पति फरहान आजमी र रितेश सिधवानीलाई समेत पुजारीले धम्की दिएको समाचारले बलिउड निकै तातेको छ ।
सलमान, फरहान, आजमी, रितेश सबैले आफूलाई धम्की आऐको भन्दै प्रहरीमा उजुरी गरेका छन् । अपराध अनुसन्धान शाखाले पुजारी लामो समयदेखी यी कलाकारहरूलाई फोन गरेर धम्कि दिँदै आएको बताएको छ । अपराध विभागका अनुसार उनीहरूलाई केहि दिनअघि मात्र उक्त सम्बन्धमा थाहा भएको बताएका छन् । चलमान, फरहान, आजमी र रितेशलाई कार्यालयमा बोलाएर कुराकानी गर्ने तयारी समेत अपराध अनुसन्धान विभागले गरेको छ ।
फरहान आजमीका अनुसार उनलाई प्राय आउने फोनमा आफूलाई रवी पुजारी भन्ने गरेको र धम्की दिने गरेका छन् । जब प्रहरीमा उजुरी गरिन्छ तब,केहीदिनसम्म त यो क्रम रोकिन्छ तर फेरी धम्की आउन सुरू हुने गरेको फरहानले बताएका छन् ।
सअघि बोनी कपुर र करन जोहरलाई पनि धम्क्याउँदै फोन आउने गरेको उजुरी प्रहरीमा परेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget