news and more entertainment

शुशील कोइरालाको दुतलाइ यस्तो थियो ओलीको जवाफ !

काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाको सन्देश लिएर निवास आइपुगेका कांग्रेस नेता दीपकुमार उपाध्यायलाई एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले ‘सहमति कार्यान्वयनपछि मात्रै वार्ता गरौं’ भन्दै फर्काइदिए ।
मत हालेको बदला सहमति तोडेर गुन लगाएको भन्दै ओलीले ‘पहिला सहमति कार्यान्वयन, त्यसपछि थप छलफल’ भन्दै तोडिन लागेको सहयात्रा बचाउने जिम्मेवारी प्रधानमन्त्रीको भएको स्पष्ट सन्देश पनि दिए ।
‘प्रधानमन्त्रीको सन्देश लिएर आउनुभएको रहेछ, उहाँ (ओली) ले एमालेको बटमलाइन सहमति कार्यान्वयन हो भन्ने कुरा राखेर सहयात्रा तोड्ने कि जारी राख्ने हो, त्यो निर्णय प्रधानमन्त्रीले गर्नुपर्छ भन्ने सन्देश पठाउनुभयो,’ ओलीनिकट एमाले केन्द्रीय सदस्य तथा सभासद् कर्ण थापाले भने ।
थापाका अनुसार भेटमा ओलीले गृह मन्त्रालय एमालेले राख्ने सहमति भइसकेको भन्दै पहिला कार्यान्वयन हुनुपर्ने प्रस्ट अडान राखेका छन् । प्रधानमन्त्रीको सन्देश लिएर आएका उपाध्यायलाई ओलीले ‘प्रधानमन्त्री शक्तिशाली कि गृहमन्त्री ?’ भन्दै प्रश्न तेस्र्याए ।
ओलीले आफ्नो पार्टीको बटमलाइन सुनाइरहँदा उपाध्याय भने केवल प्रधानमन्त्रीले पठाएको भन्ने जवाफ दिँदै थिए । स्रोतका अनुसार शुक्रबार बिहान बालकोट पुगेका प्रधानमन्त्री कोइरालाका दूत उपाध्यायलाई ओलीले प्रधानमन्त्री निर्वाचित हुनुअघि भएको छलफल र सहमतिको फेहरिस्त नै राखेका थिए ।
ओलीले कांग्रेससँगको सहमतिकै कारण प्रधनमन्त्री निर्वाचित हुनुअगावै एमाले स्थायी समितिबाट उपप्रधानमन्त्री तथा गृहमन्त्रीका रपमा उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय भएको र सो निर्णयमा २६ माघमै कोइरालासहित कांग्रेसका सबै नेता सहमत देखिएको भन्दै प्रधानमन्त्री निर्वाचित भएपछिको भूमिकाप्रति आपत्ति जनाए ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget