news and more entertainment

जापानमा नग्न उत्सव सम्पन्न (फोटो फिचर

, एजेन्सी ।
जापानमा वर्षेनी आयोजना हुने नाङ्गाहरुको उत्सव यो वर्ष पनि सम्पन्न भएको छ । ओकायामाको साइदाजी मन्दिरमा आइतबार आयोजित नाङ्गो उत्सवमा हजारौंको संख्यामा पुरुषहरु सहभागी थिए ।
यो उत्सवमा सेतो कपडाले शरीरको तल्लो भाग ढाकेका पुरुषहरु चिसो झरनामा प्रवेश गर्नु अघि पवित्र बन्नका लागि नुहाउने गर्छन् ।

नुहाएर पवित्र भएका पुरुषहरु मन्दिरका पुजारीले झ्यालबाट फ्याँकेको पवित्र मानिने लठ्ठी पाउनका लागि लुछाचुँडी गर्छन् ।

जसले लठ्ठी हात पार्छ उसलाई वर्षभरी सबै कुरा शुभ हुने जनविश्वास रहि आएको छ । जापानी परंपरामा मासु भनिने लठ्ठी प्राप्त गरेमा एक वर्ष सम्म सबैकुरा शुभ हुने र सुख प्राप्त हुने विश्वास गरिन्छ ।

यो वर्षको उत्सवमा ९ हजार भन्दा बढी पुरुषले सहभागिता जनाएका थिए ।

जापानमा विगत ५ सय वर्ष देखि यो परंपरा चल्दै आएको विश्वास गरिन्छ ।

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget