news and more entertainment

लौन ! नेपालमा खानाको हैन केटीको मेनु सहितको होटल

पश्चिमा देशहरुमा यौनकेन्द्रहरुमा आफुले छानेर युवतिहरुसँग यौनसम्पर्क राख्न पाउने समाचार त सुनिएकै हो । तर यौन धन्दानै प्रतिवन्धीत अवस्थामा रहेको नेपालमै खानको मेनु राख्ने ठाउँमा केटीहरुको मेनु राखेर यौनधन्दा चलाउँदै आएको भेटिएको छ ।

प्रहरीले विराटनगरको सम्झना होटलले खानको मेनुको ठाउँमा युवतिको मूल्यको मेनु राखेर अवैध यौनधन्दा चलाउँदै आएको पत्ता लगाएको हो ।
वेश्यावृत्ति नियन्त्रण गर्न प्रहरीले कडाई गर्न थालेपछि ब्यवसायीले नयाँ शैली अपनाएर खानाको ठाउँमा लेडी मेनुराखेर यौनधन्दा चलाउँदै आएको पाइएको प्रहरीको भनाइ छ ।

प्रहरीले विराटनगर उपमहानगरपालिका १६ मा रहेको सम्झना होटेलका म्यानेजर प्रशान्त सिंहलाई पक्राउ गरेपछि यस्तो रहस्य बाहिर आएको हो । प्रहरीले सिंह सहित होटेलमा आफ्नो तस्बिर र सवै विवरण उपलव्ध गराएर ग्राहक आएमा सम्पर्क गर्न लगाउने दुई युवतीलाई पनि पक्राउ गरेको छ ।

मोरङ प्रहरी प्रमुख एसपी विश्वराज पोखरेलका अनुसार होटेलले लेडी मेनु राखेको र दिउँसो कोठा बुक गराउँदा ग्राहकसँग दुईदेखि पाँच हजार सम्म लिएर युवतिहरुलाई झण्डै आधा पैसा मात्र दिएर यौन धन्दा चलाउँदै आएको पत्ता लगाएको हो ।
एसपी पोखरेलका अनुसार होटलले युवतीको मुल्य समेत खुलाएर बनाईएको मेनुका आधारमा युवती उपलव्ध गराउँदै आएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget