news and more entertainment

जीया केसी र पूनम पाण्डेमा के छ समानता ?

बलिउडमा शुक्रबारबाट चलचित्र ‘नशा’ प्रदर्शनमा आएको छ । बलिउड हट मोडल पूनम पाण्डेले अभिनय गरेको यो चलचित्रमा एक अधवैशे युवतीले आफू भन्दा केही कम उमेरको युवासँग गर्ने रोमान्सलाई देखाउन खोजेको छ । चलचित्रमा पूनम पाण्डेले निक्कै हट दृश्यहरु दिएको बताइएको छ ।बलिउडमा उत्तेजक तस्बिरका कारण चर्चामा आएकी पूनम पाण्डेको ‘नशा’ले दर्शकलाई गर्माइरहेको समयमा नेपालमा भने विवादस्पद चलचित्र ‘एटीएम’ प्रदर्शनमा आएको छ । दिनेश थापा, जीया केसी, सोनिया शर्मा, सविना कार्कीले अभिनय गरेको यो चलचित्रले सोलो प्रदर्शनको अवसर पाएको हो । चलचित्रमा प्रयोग गरिएका संवाद र दृश्यले सर्वाधिक आलोचना भोगेपछि ‘एटीएम’को प्रदर्शन राज्यले नै रोकेको थियो । तर पुनरावेदन अदालत पाटनले चलाउन दिनु भनि आदेश दिएपछि निर्माताले लामो सास फेरेका थिए ।
बलिउडमा नायिका पूनम पाण्डे उत्तेजक तस्बिर सार्वजनिक गरेर, सेक्स सम्बन्धी धारणा सार्वजनिक गरेर चर्चामा छिन् । यस्तै नेपालमा पनि नायिका जीया केसी चलचित्रमा उत्तेजक दृश्य दिएर, हट फोटो खिचाएर, सेक्स सम्बन्धी विवादस्पद बयान सार्वजनिक गरेर चर्चामा छिन् । कथाले मागेको खण्डमा र आफूलाई मन परेको खण्डमा जस्तो सुकै दृश्य दिन पनि तयार रहेको धारणा जीयाले सार्वजनिक गरेकी छिन् । बलिउड मोडल पूनम पाण्डे पनि आफूलाई नाङगिदा कुनै खालको आपत्ती नहुने बताउछिन् । यसैले पनि समक्षिकहरु पूनम पाण्डे र जीया केसीको चर्चामा आउने तरिकामा समानता रहेको बताउछन् । अब हेर्न बाँकी यो छ कि, सेक्स कै बिषयले चर्चामा आएका यि दुई नायिकाको सिनेमाले कस्तो चर्चा र बजार पाउने हो ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget