news and more entertainment

नेपालको चुनावबारे भारतीय नेताहरूको चासो

दुई देशका नेताबीच सम्बन्ध विस्तार, सम्बन्धलाई नियमितता दिने, घनिभूत बनाउने र अनुभव आदानप्रदान गर्ने उद्देश्य हो । मैले उहाँसँगको भेटमा पनि दुई देशका नेता र पार्टीहरूबीचको सम्बन्धलाई नियमितता दिनुपर्छ भन्ने कुरा राखेको छु, यसलाई उहाँले स्वीकार्नुभएको छ । बिहीबारै परराष्ट्र सचिवलगायत अन्य नेताहरूसँग पनि भेट भएको छ । उहाँहरूसँगको भेटले पनि आपसी विश्वासको वातावरण बनाउन र सम्बन्धलाई उचाइमा पुर्‍याउन मद्दत पुगेको छ ।
नेपालको चुनावबारे गान्धीको धारणा के रह्यो ?
नेपालमा समयमै छिटो चुनाव हुनुपर्छ भन्ने धारणा नै भारतीय नेताहरूको छ । उहाँले पनि समयमै चुनाव होस् भन्ने चाहना व्यक्त गर्नुभयो । चुनावप्रति उहाँको पनि निकै चासो रह्यो ।
राजनीतिक दलहरूलाई के सुझाव दिनुभयो ?
नेपालमा लोकतन्त्र बलियो हुनुपर्छ भन्ने सबैको धारणा छ । उहाँले पनि लोकतान्त्रिक पार्टीहरूबीच मिलेर अघि बढ्नु राम्रो हुन्छ भन्ने भावना व्यक्त गर्नुभयो ।
छलफलका अन्य विषय के-के थिए ?
मैले हालै उत्तराखण्ड र नेपालको दार्चुला क्षेत्रमा भएको बाढीपहिरोबारे कुरा गरेँ । जलवायु परिवर्तनले ल्याइरहेको विनास र प्राकृतिक प्रकोपलगायतका विषयमा पनि छलफल भयो । रोकथामका लागि मिलेर काम गर्नुपर्ने कुरा भएको छ ।
भारतीय प्रधामन्त्री मनमोहन सिंहसँगको भेटमा चाहिँ के कुरा हुनेछ ?
प्रधानमन्त्रीसँग पनि मेरो राजनीतिक र आर्थिक विकासका कुरा हुनेछन् । मैले प्रधानमन्त्री हुँदा पहल गरेको र अन्य कामहरू अघि बढाउने विषयमा पनि छलफल हुनेछ ।

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget