news and more entertainment

७ सय २९ जनाले एकसाथ नांगै नुहाएर विश्व रेकर्ड राखे

मड्रिड, ८ साउन । स्पेनको दक्षिण–पूर्वी कस्वा वेरामा ७ सय २९ जनाले एकसाथ र एकै समयमा निवस्त्र भएर नुहाएर नयाँ विश्व रेकर्ड बनाएका छन् । स्पेनको यो अनौठो कार्य गिनिज बुक अफ वल्र्ड रेकर्डमा ‘सर्वाधिक संख्यामा सामुहिक नग्न स्नान’का रुपमा रेकर्ड भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।



यसअघि यस्तो रेकर्ड न्यूजिल्याण्डको नाममा रहेको थियो । जहाँ एकसाथ–एकै समयमा ५ सय ६ जनाले निवस्त्र भएर नुहाएर विश्व रेकर्ड बनाएका थिए ।

स्पेनको वेरामा ‘द वल्र्ड विगेस्ट स्ट्रीफ अफ’ नाराका साथमा गत आइतबार सुरु भएको यस रेकर्ड अभियानमा त्यस दिन बिहानबाटै अभियानमा सहभागी हुन मानिसहरु आकर्षित भएका थिए ।



आइतबार दिउँसोसम्म स्थानीय प्लायाजो समुन्द्री तटमा मानिसहरु खचाखच भएका थिए । समुन्द्री तटको प्रवेशद्धारमा मानिसको संख्या गन्ती गरिएको थियो । त्यसपछि ती मानिसहरुलाई ५०–५० जनाको समूहमा विभाजन गरिएको थियो ।

त्यसपछि सहभागीहरुको संख्या दर्ता गर्ने प्रक्रियामा सहभागीहरुको संख्या ७ सय २९ जनाको नयाँ रेकर्ड बनेको हो ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget