news and more entertainment

अनुहारमा तातो चक्कुले डामेर विभिन्न रेखाहरु कोर्ने चलन भएको समुदाय

विश्वमा सयौँ जातजातिका मानिसहरु छन् । सबैका पृथक् पहिचान तथा मौलिक संस्कृति छन् । केही आदिवासीहरुका त्यस्ता संस्कृतिहरु पनि छन् जो देख्दा र सुन्दा अचम्म र अनौठो लाग्छ । खानपिन, भेषभुषामा मात्र होइन अन्य केही क्रियाकलाप समेत निकै फरक र अनौठा हुन्छन् केही जातिहरुका । केही जातिहरुमा आफ्नो जिउलाई अनौठो आकृतिमा ढाल्ने परम्परा हुन्छ । यहाँ विश्वका केही
त्यस्ता आदिवासीहरुको बारेमा दिइएको छ :
१. भारतको पूर्वी राज्य अरुणाञ्चलका अपेँथी आदिवासी समाजका महिलाहरुमा अनाठो संस्कार छ । यहाँका पहिलाहरु आफ्नो नाकको प्वाल काठको ठेटीले बन्द गरेका हुन्छन् । यहाँका करीब २६ हजार महिलाहरुको नाकको प्वालमा काठको ठेटी लगाइएको छ ।

२. केन्याका मसाइ आदिवासी तथा अमेजन बेसिनका हाओरानी आदिवासी समुदायका महिलाहरु कानको लोतीलाई निकै तन्काएर डोरीजस्तो बनाएर त्यसमा थुपै्र गहना लगाउने गर्छन् ।
३. सुडानको दक्षिणी क्षेत्रमा बस्ने एक आदिवासी समुदायमा युवा युवतीको अनुहारमा तातो चक्कुले डामेर विभिन्न रेखाहरु कोर्ने चलन छ । जादुगरले तातो चक्कुले अनुहारभरी घाउ बनाइदिँदा समेत यहाँका युवायुवती रुन कराउन पाउँदैनन् । यदि त्यसो गर्दा शान्त पूर्वक नबसेमा ज्यान नै जोखिममा पर्नसक्छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget