news and more entertainment

पुर्वराजा टिकापुर आउदै,स्वागतको भब्य तयारी

देवानन्द न्यौपाने। कैलाली, १० साउन। बाढी पीडितको समस्या बुझन र राहात बितरण गर्न सुदुर पश्चिम आउनु भएका पुर्ब राजपरिवारका सदस्यहरु शुक्रबार कैलालीको टिकापुरमा आउने कार्यक्रम तय भएको छ।

सुदुरपश्चिमाञ्चलमा समर्थकहरुमा झ पूर्वराजा ज्ञानेन्द्र र पूर्व रानी कोमल। तस्विरः शेर बहादुरसिंह।
सुदुरपश्चिमाञ्चलमा समर्थकहरुमा झ पूर्वराजा ज्ञानेन्द्र र पूर्व रानी कोमल। तस्विरः शेर बहादुरसिंह।

टिकापुर क्षेत्रमा आएको बाढी बाट प्रभाबितहरुलाइ राहात बितरण गर्न तथा सत्ती बजारमा रहेको प्रकारेश्वर महादेव मन्दिरको दर्शन गर्न पुर्ब राजपरिवार टिकापुर आउन लागेको बताइएको छ। शुक्रबार टिकापुर आउन लागेको राजपरिवार लाई यहाका स्यानियहरुले भब्य स्वागतको कार्यक्रम समेत तय गरेका जानकारीमा आएको छ । शुक्रबार बिहान करीब ९ बजतिर धनगढी बाट टिकापुर तर्फ पुर्ब राजपरिवारको सवारी हुने बताइएको छ  ।

टिकापुर जानेक्रममा यस क्षेत्रको लम्की , दुर्गौली लगाएतका ठाउमा  राजाबादी समर्थक तथा नागरीकले भब्य स्वागतको कार्यक्र राखेका जानकारीमा आएको छ । भोली पुर्ब राजपरिवार टिकापुर आउने कार्यक्र तय भएपछि यस क्षेत्रको सुरक्षा ब्याबस्थामा कढाई गरीएको इलाका प्रहरी कार्यालय टिकापुरका डिएसपि भेषराज श्रेष्ठले जानकारी दिनु भएको छ। पुर्बराजा ज्ञानेनद्र शाह, पुर्बरानी कोमल शाह, पुर्ब युगराज्ञी हिमानि सहित आउने कायक्रम तय भएको बताइएको छ।

असारको पहिलो साता आएको बाढीबाट पिडित भएकाहरुलाइ हिमानिकोषले राहात बितरण गर्ने राहात बितरण मुल समाहारोह समितिका संयोजक रेशमलाल चौधरीले जानकारी दिनु भएको छ। चौधरीका अनुसार भोली बिहान ११ बजे पुर्ब राजपरिवार टिकापुर पुग्ने छ। पुर्बराजाका साथमा पुर्ब अधिराजकुमारी सितास्मा शाह, दिलासा शाह, पुर्ब नवयुवराज हृ्रदयन्द्र शाह आउनु हुने छ।

सिदार्थ होटलमा भोजन ग्रहण कार्यक्रम पछि भोली नै राजपरिवार टिकापुर पार्क, बाढीपिडित प्रभाबित क्षेत्रको अबलोकन गर्नु हुने बताइएको छ । त्यस्तै लम्की देखि टिकापुर सम्म करीब ५ सय मोटर साइकलले स्कर्टिङ गदै स्वागत गर्ने कार्यक्रम तय भएको राहात बितरण मुल समाहारोह समितिका संयोजक रेशमलाल चौधरीले जानकारी दिनु भएको छ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget