news and more entertainment

पाकिस्तानी नागरिकको हत्या आरोपमा नेपालीलाई मृत्युदण्डको सजाय

पाकिस्तानी नागरिकको हत्याको आरोपमा एक नेपालीलाई संयुक्त अरब इमिरेट्स यूएईको अबुधाबी अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । संखुवासभा मडेपोखरी वडा नम्बर–३ का अनिश खालिङ राईलाई अदालतले मृत्युदण्डको सजाय सुनाएको हो । नेपालीसँगको झगडामा घाइते पाकिस्तानीको ज्यान गएपछि राईलाई २०६९ कार्तिक ९ गते हिरासतमा लिई अल ऐन जेलमा राखिएको थियो । यसअघि पनि युएईमा दुई नेपालीलाई यस्तो सजाय सुनाइएको थियो । यसबारे दुतावासमा आधिकारिक जानकारी नआएको युएईका लागि नेपाली राजदुतावास अबुधाबीका नियोग उपप्रमुख दीपक अधिकारीले बताउनुभयो । नेपाली समाज युएईका पूर्व अध्यक्ष कृष्ण ढकालले यो निर्णयमाथि पुनरावेदन अदालतमा पुनरावेदन गर्न सकिने प्रावधान रहेको बताउनुभयो । राईकी श्रीमती बिनाले पतिको जीवन रक्षाका लागि पहल गरिदिन परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्नुभएको छ
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget