news and more entertainment

इन्टरपोल को सूची मा ७९ नेपाली को नाम(नेपालीविरुद्ध रेडकर्नर नोटिस)

विश्वका विभिन्न देशमा गम्भीर किसिमका अपराध गरेर भाग्ने नेपालीको संख्या बढिरहेको छ । नेपाल र विदेशका विभिन्न अपराधमा संलग्न ७९ जना नेपाली अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन -इन्टरपोल) को रेडकर्नर नोटिसमा परेका छन् । विभिन्न अपराध अभियोगमा ९ मुलुकले ७९ नेपालीविरुद्ध रेडकर्नर नोटिस जारी गरेको छ । त्यसमध्ये १४ जनालाई नेपालले र ६५ जनालाई अन्य देशले यस्तो नोटिस जारी गरेका हुन् ।
नेपालले रेडकर्नर नोटिस जारी गरेकामा वैदेशिक रोजगारका ठग, अपहरणका फरार अपराधी र बलात्कार जस्ता जघन्य अपराधमा संलग्न अपराधी छन् ।interpol
सबैभन्दा बढी भारतीय इन्टरपोलले २५ नेपालीविरुद्ध नोटिस जारी गरेको छ । कतारको दोहास्थित इन्टरपोलले २० जनाविरुद्ध, यूएईले १३, नेपालले ११, अमेरिकाले ४ जनाविरुद्ध नोटिस जारी गरेका छन् । यस्तै साउदी अरेबियाले ३ जना, बेलरुस र बहराइनले १/१ विरुद्ध नोटिस जारी गरेका छन् ।
नयाँदिल्लीले चोरी, डाँका, ठगी र हत्या आरोपमा नोटिस जारी गरेको हो भने कतार, दुबई र यूएईमा धेरैजसो नेपालीमाथि चेक बाउन्स र ठगीका मुद्दामा नोटिस जारी भएका छन् । अमेरिकाले यौन दुव्र्यवहार र ठगीको अभियोग लगाएको छ भने नेपालले रेडकर्नर नोटिस जारी गरेकामा वैदेशिक रोजगारका ठग, अपहरणका फरार अपराधी र बलात्कारजस्ता जघन्य अपराधमा संलग्न छन् ।
सञ्चार उद्यमी जमिम साहको २०६६ माघमा हत्या हुँदा त्यसमा संलग्न नेपाल प्रहरीका पूर्वडीएसपी जगदीश चन्द इन्टरपोलको फरार सूचीमा छन् । पूर्वडीएसपी भए पनि इन्टरपोलको वेबसाइटमा फोटो नभएको उल्लेख छ ।
उनलाई नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले २०६७ मंसिरमा फरारको सूचीमा राखेको हो । वैदेशिक रोजगारको ठगीमा काठमाडौंका भूपेन्द्र खड्का फरार छन् । उनलाई वैदेशिक रोजगार विभागले ४ करोड ५० लाख रुपैयाँको ठगी गरेको अभियोगमा रेडकर्नर नोटिस जारी गरेको हो । ६ जना नेपालीलाई विदेश पठाउने भन्दै उनले ठगी गरेको प्रहरीले जनाएको छ ।
नुवाकोटका विष्ण्ाुबहादुर लामा र रामबहादुर तामाङसहित ३ जनालाई वैदेशिक रोजगारमै २ करोड १० लाख ठगी गरेको अभियोगमा रेडकर्नर नोटिस जारी भएको छ ।
विश्वमा लुकीछिपी बसेका अपराधीलाई पक्राउ गर्न विश्वभरिका प्रहरी संगठनभित्र सहकार्यका निम्ति गठन गरिएको अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन-इन्टरपोल) हो । सन् १९२३ मा स्थापना भएको इन्टरपोलमार्फत एक देशमा अपराध गरेर अर्को देशमा लुक्न सक्ने अपराधीलाई पक्राउ गर्नका लागि यो संगठनको गठन भएको हो । सन् १९९७ मा इन्टरपोलमा सदस्यता पाएको नेपाल उसको सयौं संस्था हो । इन्टरपोलमा हालसम्म १ सय ९० वटा देश सदस्य छन् ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget