news and more entertainment

सरकारी बजेट माओवादीको काममा

१२ साउन, काठमाण्डौं । सहिदका नाममा बजेट निकासा गरी निर्माण गरिएका भवन तथा संरचना पार्टी प्रयोजनका लागि प्रयोग गरिएको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको जनसहभागितामा आधारित विकास योजनाका लागि विनियोजित बजेटलाई एमाओवादीले राजनीतिक प्रयोजनका भवन तथा संरचना निर्माणका लागि प्रयोग गरिएको पाइएको हो । एमाओवादीका तर्फबाट स्थानीय विकासमन्त्रीसमेत रहेका तत्कालीन उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले पार्टी निकट स्थानीय संघसंस्था, क्लब तथा सहिद प्रतिष्ठानलाई लाखौ रुपैयाँ उपलब्ध गराएको अन्नपूर्ण पोष्टमा खबर छ ।

जनसहभागितामा आधारित विकास योजना अन्तर्गत निर्माणाधीन धादिङको सहिद स्मृति सञ्चार भवन, रसुवाको सहिद प्रतिष्ठान भवन, गुल्मीको सहिद स्मृति भवन, महोत्तरीको जयगोविन्द साह स्मृति पुस्तकालय, झापाको गौरीशंकर खड्का स्मृति प्रतिष्ठान, भक्तपुरको चाँगु सहिद पार्क, रमेश अधिकारी स्मृति पुस्तकालयलगायतका संरचना एमाओवादीले पार्टीका लागि प्रयोग गर्न थालेको छ।

नुवाकोटको विदुरमा बनिरहेको सहिद स्मृति भवनका लागि स्थानीय विकास मन्त्रालयको जनसहभागितामा आधारित विकास कार्यक्रमबाट मात्रै १० लाख रुपैयाँ निकासा भएको छ ।

जनसहभागितामा आधारित विकास कार्यक्रम अन्तर्गत निर्माण हुने सार्वजनिक हितका सामुदायिक भवनमा सरकारले ८० प्रतिशतसम्म अनुदान सहयोग उपलब्ध गराउँदै आएको छ । चालु आर्थिक बर्षमा झन्डै उक करोड रुपैयाँ यस्ता योजनामा निकासा भएको अर्थमन्त्रालय स्रोतले जनाएको छ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget