news and more entertainment

सडक-पेटीतिर पनि हेर्ने हो कि ?

७ साउन, काठमाडौं । समाजमा भौतिक संरचना जतिसुकै सुन्दर र सुविधाजनक बने पनि मान्छेको बानी ब्यहोरामा सुधार नआएपछि शायद यस्तै हुन्छ । राजधानीमा सडक विस्तार त धमाधम भइरहेको छ, तर ठूलो खर्च गरेर बनाइएका सडक पेटीहरु फोहोर थुपार्ने डम्पिङ साइट बनेका छन् ।

1

मध्यबानेश्वरको एपेक्स कलेज छेउमा एउटा ठूलो पिपलको रुख छ । सो पिपलको रुखमा एकाबिहानै पानी चढाउन आउनेहरुको भीड नै लाग्छ । तर, भगवानको पूजा गर्ने पिपलकै छेउमा थुपारिएको फोहोरले धूपको साटो दुर्गन्धको बौछार गरेको छ । मान्छे हिँड्ने पेटीमा फोहोर थुपारिएपछि यात्रुहरुले नाक थुनेर सडकतिर झरेको दृश्यले काठमाडौंको सडकमात्रै विस्तार भइरहेको छ, शहरबासीको संस्कारमा सुधार आएको छैन भन्ने स्पष्ट हुन्छ ।
2


फोहोरकै कारण दिनहुँ सडकजाम

मध्यबानेश्वरकै ह्वाइट हाउस कलेज छेउमा पनि सडक पेटीमा दिनहुँ एक ट्रकजति फोहोर थुपार्ने गरिएको छ । बिहान कार्यालय समयमा मात्रै महानगरपालिकाले सो फोहोर उठाउने गरेकाले मध्य बानेश्वरमा प्रत्येक बिहान फोहोरकै कारण लामो समय सडक जाम हुँदै आएको छ । झरीमा हिलो नभनी सडक अनुगमन गरेको दाबी गर्ने ‘हेल्लो सरकार’ले अहिलेसम्म यहाँको फोहोर र त्यसकै कारणले हुने गरेको सडक जामबारे अहिलेसम्म पत्तो पाएको छैन ।

3

पेटीमा तार, सडकमा पैदल सवार !

नयाँ बानेश्वर चौकमा रहेको सडक पेटीलाई भने प्रहरी आफैंले तारबेरा गरेर पैदलयात्रीलाई वीच सडकबाटै जोखिमपूर्ण यात्रा गर्न बाध्य पारेको छ । अन्तरराष्ट्रिय सम्मेलन केन्द्रको ३ नम्बर गेट खुल्ला रहेको छ । सोभन्दा उत्तरपट्टि बैंक र पसलहरु पनि छन्, तर ३ नं गेटको दक्षिणपट्टि भने कत्ति न सुरक्षाको जरुरत परेजस्तो गरी पैदलयात्री हिँड्ने बाटोसमेत थुनिएको छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget