news and more entertainment

नेपालकी छोरी लंकाकी बुहारी

श्रावण १० - कोलम्बो, भेषभूषा र भाषा फरक। खान्की फरक। भूगोल फरक। न त सीधा हवाई सम्पर्क नै। यतिका दूरी र असमानता हुँदाहुँदै पनि केही नेपाली चेलीले बुहारीको भूमिकामा श्रीलंकाली परिवारको मन रिझाएकै छन्। राजधानी कोलम्बो, क्यान्डी र मातराका करबि एक दर्जन परिवारमा सम्बन्ध गाँसेका नेपाली चेलीहरूले दुई देशको सम्बन्धलाई नातासाइनोकै तहमा लैजाने श्रेय पनि पाएका छन्।
कलंकी, काठमाडौँकी अञ्जु पाण्डेका ठूला बुबा र ससुरा संयुक्त राष्ट्र संघीय मानव अधिकार उच्च आयोगका सहकर्मी रहेछन्। उनीहरूबीचको मित्रताले कालान्तरमा कलंकी र कोलम्बोबीच सेतुको काम गर्‍यो। हाल कोलम्बोस्थित इन्भेस्टमेन्ट बैंकमा रसिर्च प्रमुख रहेका पति पुरासिसी जिनादासासँग उनको सुरुआती चिनजान अनलाइनमार्फत भएको हो। उनका ठूला बुबा र ससुराबीचको घनिष्टताले उनलाई यो अवसर जुराइदिएको थियो। भन्छिन्, "पछि त परिवारलाई भेट्न श्रीलंका नै आएँ, बिहेअघि।
 त्यो पनि दुईपटक।"
जिनादासासमेत बिहेअघि नै तीनपटक नेपाल पुगिसकेका रहेछन्। खुला र आधुनिक भएका कारण अञ्जुको परिवारका लागि विदेशी ज्वाइँ आकाशै खस्ने कुरा थिएन। अञ्जुकी दिदीको समेत विदेशीसँगै बिहे भएकाले पनि जिनादासा पाण्डे परिवारका लागि पहिलो विदेशी सदस्य थिएनन्। श्रीलंकासमेत घुमेको र पारिवारिक घनिष्टताका कारण अञ्जुलाई सिंहाली परिवारमा घुलमिल हुन पनि खासै समस्या भएन। भन्छिन्, "संस्कृति पनि मिल्ने र नेपालीलाई मन पराउने रहेछन्। सुरुका दिनमा भाषाका कारण थोरै समस्या भने पर्‍यो।"
पहिलेदेखिकै सम्बन्ध भएका कारण दुवै परिवारले बिहेलाई भव्य बनाउन केही कसर बाँकी राखेनन्। नेपालमा नेपाली संस्कृति अनुसार र फेरि श्रीलंकामा सिंहाली रीतिरिवाज अनुसार विवाह भयो उनीहरूको। कुनै सुखसयलबाट वञ्चित नरहे पनि काठमाडौँको मौसम र आफन्त तथा साथीभाइको अभाव भने अञ्जुलाई खट्किरहने कुरा हो। भन्छिन्, "यहाँ श्रीमान्, घर र साथीभाइबाहेक माइती जाने भन्ने नै हुँदैन, त्यही कुराचाहिँ मिस गर्छु।"
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget