news and more entertainment

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थी आन्दोलन:उपकुलपतिलगायत पदाधिकारी थुनिए

सुर्खेत, श्रावण १४ - विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका विद्यार्थी सङ्गठनले आज बिहान १० बजे मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा पदमलाल देवकोटा, रजिस्ट्रार डा ठकेन्द्रप्रकाश गिरी र डिनलगायत पदाधिकारीलाई आवासमै थुनिदिएका छन् ।
अनेरास्ववियु सुर्खेतको नेतृत्वमा गएको विद्यार्थीको समूहले उपकुलपति देवकोटाको आवासमा बसिरहेका सबै पदाधिकारीलाई बाहिर निस्कन नदिई बाहिरबाट ताला लगाइदिएका हुन् ।  आफ्नो आन्दोलनको कार्यक्रमअन्तर्गत विश्वविद्यालयका पदाधिकारीको आवासमा ताला लगाइएको अनेरास्ववियु सुर्खेतका सचिव प्रेम खड्काले जानकारी दिए ।

विद्यार्थीले  उपकुलपति  र रजिस्ट्रारको गाडी पनि कब्जामा लिएका छन् । कब्जामा लिइएको गाडी अहिले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा राखिएको सचिव खड्काले बताए ।  पदाधिकारीले नै विश्वविद्यालयमा राजनीतीकरण गरेको, अवैधानिक रुपमा कर्मचारी नियुक्ति गरेको र आफ्ना नातेदार र राजनीतिक आस्थाका आधारमा कर्मचारी तथा पदाधिकारी नियुक्त गरेको आरोप विद्यार्थीले लगाएका छन् ।
यसैबीच अनेरास्ववियु सुर्खेतले सुर्खेत क्याम्पस शिक्षा र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका केन्द्रीय कार्यालयमा पनि ताला लगाएको छ । आइतबार राति नेविसङ्घ विद्यार्थीले क्याम्पसमा रहेका आफ्ना बोर्ड फालेको भन्दै आफूहरुले तालाबन्दी गरेको अनेरास्ववियुले जनाएको छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget