news and more entertainment

भारत भ्रमणमा रहनुभएका एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल स्वदेश र्फकदै

१३ साउन, काठमाण्डौं । भारत भ्रमणमा रहनुभएका एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल आज स्वदेश र्फकदै हुनुहुन्छ । गत बुधबार भारत जानुभएका उहाँ आज सवा तीन बजे काठमाण्डौं आइपुग्ने कार्यक्रम रहेको छ ।

काठमाण्डौं र्फकनुअघि नेता नेपालले दिल्लीमा प्रवासी नेपालीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ । भ्रमणका क्रममा उहाँले भारतीय प्रधानमन्त्री, कांग्रेस आईकी नेतृ लगायत भारतीय अधिकारी र राजनीतिक दलका नेताहरुसँग दुईपक्षिय हितका विषयमा छलफल गर्नु भएको थियो ।
भारतीय प्रधानमन्त्रीको निमन्त्रणामा नेता नेपाल महासचिव ईश्वर पोखरेल विदेश विभाग सदस्य राजन भट्टराईसहित पाँच दिने भ्रमणमा जानुभएको थियो ।
भारतले पालैपालो नेपाली नेताहरुलाई बोलाएर भेट गर्ने क्रममा यसअघि एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले भारत भ्रमण गरिसक्नुभएको छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget